• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाका लागि वृहत् राष्ट्रिय मोर्चा बनाउन राप्रपा नेपालको आह्वान



फाईल फोटो

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्र स्थापना तथा सङ्घीयता खारेजीका लागि वृहत् राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकले गरेका निर्णयहरु यसप्रकार छन् –
१. संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य चाहने, संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने, संघीयता खारेज गर्न चाहने, सुशासन र समृद्धि चाहने सबै एकतावद्ध हुनुपर्छ भन्ने समयको माग र जनताको चाहनालाई दृष्टि गर्दै वृहत राष्ट्रिय मोर्चा निर्माण गर्न सम्पूर्ण राष्ट्रवादी, देशभक्त र प्रजातन्त्रवादी दल र समुहलाई राप्रपा नेपाल आह्वान गर्दछ । समान बिचारधारा भएकाहरु छरिएर होईन, जुटेर काम गर्यौँ भने देशमा सकारात्मक परिवर्तन संभव छ । अहिले नेतृत्व वा समुहगत स्वार्थका निम्ति झगडा गर्ने बेला होईन । सामुहिक नेतृत्व र सबैको ससम्मान सहभागितको आधारमा मोर्चा निर्माण गरौँ, तथा जनआन्दोलनको दवावमा परिवर्तन सुनिश्चित गरौँ भन्ने राप्रपा नेपाल सबैमा आग्रह गर्दछ ।

२. बैठकले देहाय बमोजिमको राजनीतिक प्रस्ताव पारित गरेको छः

२.१. २०६३ सालको राजनीतिक परिवर्तन पछि नेपालको निम्ति संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूणर् धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र उपयुक्त हुन्छ भन्ने बिचार बोक्ने दल राप्रपा नेपाल मात्र थियो ।

संविधानसभाले तयार गरेको संविधानको पहीलो मस्यौदामा “गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता अपरिवर्तनीय हुनेछ” भन्ने लेखिएकोमा राप्रपा नेपाल कै बलमा उक्त प्रावधान हटाई राष्ट्रिय अखण्डता, सार्वभौमिकता र जनतामा निहित सार्वभौमसत्ता वाहेक जनताको अभिमतबाट सबै बिषयहरु परिवर्तन हुनेसक्ने व्यवस्था कायम भएको हो । यो प्रावधानको कारण नेपाली जनताले चाहेमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता समेत परिवर्तन गर्न पाउने अधिकार स्थापित भएको छ ।

२.२. विगत केही समय यता राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा संघीयताको खारेजीको पक्षमा सशक्त जनप्रदर्शनहरु भएका छन् । यि जनप्रदर्शनहरुमा उर्लेको जनलहरले निम्न बमोजिम स्पष्ट सन्देश दिएको छ

क. ‘संघीय गणतन्त्रको नाउँमा कायम रहेको वर्तमान व्यवस्था असफल भएको छ । विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकहरुबाट जनता मुक्ति चाहन्छन् । जनता विकल्पको खोजीमा छन्,

ख. संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सनातन हिन्दुराष्ट्र, सुदृढ स्थानीय स्वायत्त शासन तथा भ्रष्टाचारमुक्त सुशासन र समृद्धि जनताले खोजेको विकल्प हो ।

२.३. विगतमा राजसंस्था र हिन्दुराष्ट्र स्थापना तथा संघीयता खारेजीको पक्षमा राप्रपा नेपाल मात्र रहेकोमा हाल विभिन्न दल र समुहहरु समेत यो बिचार र एजेण्डामा खडा हुनु खुसी र उत्साहको विषय हो । वर्तमान अवस्थामा समान बिचारधारा र एजेण्डा बोकेका शक्तिहरु विभाजित हुँदा स्वभाविकरुपले लक्ष्य प्राप्ति कठिन हुन्छ । त्यसर्थ, वृहत राष्ट्रिय मोर्चा निर्माण वर्तमान समयको आबश्यकता हो ।

२.४. संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको स्थापनाबाट कुनै पनि राजनीतिक दल, समुह वा नेताहरु चिन्तित र विचलित हुनु पर्दैन । राजसंस्थासहितको प्रजातन्त्रको अवधारणा निरंकुश शासन प्रणाली होईन । यो परिवर्तनकारी बिचार र शक्ति तथा परम्परागत बिचार र शक्ति बिच सामञ्जस्ताको मान्यता हो । यो राष्ट्र बचाउने र बनाउने राष्ट्रिय मेलमिलापको नीति हो । राजसंस्था स्थापित गरेर दल वा प्रजातन्त्र विस्थापित गर्ने वा कमजोर बनाउने होईन । जनसम्प्रभुताको मान्यता अनुरुप शासन जनताबाट निर्वाचित प्रतिनिधिले गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने मान्यता नै राजासहितको प्रजातन्त्रको मुल मर्म हो ।

हिन्दुराष्ट्र नेपालको संस्कृति, पहिचान र एकताको आधार हो । हिन्दुराष्ट्र सर्वधर्म समभाव, पूणर् धार्मिक स्वतन्त्रता र विभिन्न धर्म बिच सहकार्यको अवधारणा हो । त्यसर्थ, हिन्दुराष्ट्र कायम हुँदा सबै धर्मको अस्तित्व र सहकार्यको वातावरण सुनिश्चित हुन्छ ।

संघीयताको वर्तमान स्वरुप परिवर्तन गरेर केन्द्रमा बलियो सरकार र स्थानीयतहमा अहिलेको भन्दा पनि बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार कायम गर्नु उपयुक्त हुन्छ । देशको आर्थिक अवस्थाले धान्न नसक्ने तथा प्रयोजनविहिन प्रदेशतहको संरचना आबश्यक छैन ।

उपरोक्त मान्यता राष्ट्र र जनताको वृहत्तर हितमा हुन्छ । यसले प्रजातन्त्र बलियो बनाउँछ, शान्ति र स्थिरता कायम हुन्छ तथा आर्थिक समृद्धिको निम्ति अनुकूल वातावरण तयार गर्छ ।

२.५. वर्तमान व्यवस्था असफल भएको तितो यथार्थ, देशको धरातलीय अवस्था र जनताको परिवर्तित चाहानाको सम्मान गर्दै सबै नेपाली अटाउने र सबैको पहिचान सुनिश्चित हुने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापना गर्ने कार्यमा सकारात्मक सहयोग गर्न तथा यथास्थितिबाट मुक्तिको जनचाहनालाई अवरोध र दमन नगर्न राप्रपा नेपाल सरकार र प्रमुख राजनीतिक दलहरुसँग आग्रह गर्दछ ।

२.६. साथै, यो अभियानमा साथ, सहयोग र एक्यवद्धताको निम्ति राप्रपा नेपाल आम नेपाली जनतामा अपिल गर्दछ ।

३. पार्टीको केन्द्रीय कार्य समितिको बैठक यही मंसीर २४ र २५ गते काठमाण्डौमा बस्ने भएको छ । बैठकमा बृहत राष्ट्रिय मोर्चा निर्माण र भावि आन्दोलनको कार्ययोजना पेश गर्ने निर्णय गरिएको छ ।