८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पूर्वको पशुपतिनाथ अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने

पूर्वको पशुपतिनाथ अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । पूर्वको पशुपतिनाथ भनेर चिनिने झापाको अर्जुनधारा धाममा ४१ औं वार्षिक अनुष्ठान हुने भएको छ ।

बालाचतुर्दशी पर्वका बेला वार्षिक रुपमा गरिने अनुष्ठानमा यस वर्ष श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिने भएको हो ।

आगामी मंसिर १७ गतेदेखि शुरु हुने श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञ नौ दिनसम्म चल्ने अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नविन गट्टानीले जानकारी दिनुभयो । उहाँकाअनुसार कार्यक्रमको समापन मंसिर २५ गते बालाचतुर्दशीका दिन हुनेछ । शतविज छर्ने दिन बालाचतुर्दशीको अघिल्लो रात जाग्राम बस्ने चलन छ ।

गत वर्ष नेपाल, भारत, भुटानलगायत देशहरूका करिव ३ लाख भक्तजन अर्जुनधारा जलेश्वर धाम आएका थिए । वार्षिक अनुष्ठानका बेला दैनिक योग शिविर सञ्चालन गरिने र पतञ्जली योगपीठबाट बालकृष्ण आचार्य पनि धाममा आउने अध्यक्ष गट्टानीले बताउनु भयो ।

अर्जुनधारा जलेश्वर धाम हिन्दु तीर्थस्थलका रुपमा विकसित भइरहेको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको अर्जुनधारा जलेश्वर धाम धार्मिक पर्यटकीय स्थलको रुपमा पनि विकासोन्मुख छ । सरकारले सूचिकृत गरेका एक सय पर्यटकीय गन्तव्य मध्येको एउटा धाम पनि पर्दछ ।

महाभारतकालमा पाण्डवलाई १२ वर्ष वनवास र एक वर्ष गुप्तवास भएका बेलामा राजा विराटका हजारौं गाईलाई कौरवले हरण गरेका बेला अर्जुनले अर्जुनधारा धाममा पानी निकालेर गाईलाई खुवाएको धार्मिक विश्वास छ ।