१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

गणतन्त्रको विकल्प छैन- देउवा, राजा आउने सम्भावनै छैन भन्न सकिन्न- सशांक

गणतन्त्रको विकल्प छैन- देउवा, राजा आउने सम्भावनै छैन भन्न सकिन्न- सशांक
अ अ+ अ-

चितवन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सो पार्टीका अर्का नेता डा सशांक कोइरालाले नेपालमा राजतन्त्र आउने र नआउने विषयमा फरक मत राखेका छन् ।

आज चितवन पुगेका देउवा र सशांकले चितवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै फरक फरक मत राखेका हुन् । पत्रकारको प्रश्नमा सभापति देउवाले गणतन्त्रको विकल्प नभएको बताए । उनले भने “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।” सभापति देउवाले गणतन्त्रको बिरोध गर्नेहरुको अर्थ नरहेको समेत बताए ।

गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका छन् नि भन्ने प्रश्नमा उनको जवाफ थियो- “को अत्तालियो ? हामी अत्तालिएका छैनौँ । जो अत्तालिएका छन् उनैलाई सोध्नुस् ।” सोही विमानस्थलमा साथैमा रहेका कांग्रेस नेता डा शशांक कोइरालाले भने राजतन्त्र फर्कने विषयमा मिश्रित प्रतिक्रिया दिए ।

उनले भने “म आफूलाई विश्वास लागेको त छैन तर सबै कुरा नकार्नै पनि सकिँदैन ।” डा कोइरालाले भने “राजतन्त्र फर्कनेमा मलाई विश्वास नलागे पनि यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ । त्यसैले असम्भव भन्ने केही छैन । ” कोइरालाले सरकारका कामप्रति नागरिक पूणर्रुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको पनि बताए ।

उनले भने- सरकारले राम्रो काम गर्नुपर्यो, जनताका निराशा दुर गर्ने काम गर्नुपर्यो । नत्र विकल्प जसले पनि खोज्छ । उनले सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको बताए ।