२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: मधेस प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले हरायो



अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले हराएको छ । सुदूरपश्चिमले दिएको ५८ रनको भिनो लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका ओपनर अनिल शाहले सर्वाधिक २५ रन बनाए । उनले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले १७ रन बनाउदा पवन सराफ ५ बलमा १७ रन बनाएर अविजित रहे ।

बलिङ तर्फ सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले १५ ओभर ५ बलमा सबै विकेट गुमाएर५८ रन बनाएको थियो । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । सुदूरपश्चिमका शाउदले बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए । विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १(१ विकेट लिए ।

यो जितसँगै समूह सी मा रहेको मधेस प्रदेश र नेपाल पुलिस क्लबको समान २-२ अंक भएको छ । मधेससँग हार बेहोरेको सुदूरपश्चिम भने अंकविहीन छ । अब मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ ।

यसअघि एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।