४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप: मधेस प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले हरायो



अ+ अ-

पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले हराएको छ । सुदूरपश्चिमले दिएको ५८ रनको भिनो लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

मधेसका ओपनर अनिल शाहले सर्वाधिक २५ रन बनाए । उनले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले १७ रन बनाउदा पवन सराफ ५ बलमा १७ रन बनाएर अविजित रहे ।

बलिङ तर्फ सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले १५ ओभर ५ बलमा सबै विकेट गुमाएर५८ रन बनाएको थियो । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । सुदूरपश्चिमका शाउदले बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए । विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १(१ विकेट लिए ।

यो जितसँगै समूह सी मा रहेको मधेस प्रदेश र नेपाल पुलिस क्लबको समान २-२ अंक भएको छ । मधेससँग हार बेहोरेको सुदूरपश्चिम भने अंकविहीन छ । अब मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ ।

यसअघि एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।