२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 2.57

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजा युद्धविरामपछि लेबनानको दक्षिणी सीमामा अस्थायी शान्ति फर्कियो



अ+ अ-

एजेन्सी । हमास र इजरायलबीचको मानवीय युद्धविराम लागू भएपछि लेबनानको दक्षिणी सीमा क्षेत्रमा अनिश्चितकालिन शान्ति फर्किएको छ ।

इजरायली आक्रमण र बमबारीका कारण सीमावर्ती गाउँ एल–जिब्बिनमा धेरै लेबनानीहरूले आफ्नो गृहनगर छोडेका थिए । उनीहरु आफ्नो सम्पती के—के बाँकी छ भनेर जाँच्न मात्रै फर्किएको बताइएको छ ।

उनीहरुले ४ दिनको युद्धबिराम भएकाले सुर्ती बाली जाँच गर्न फर्किएको बताए । आफूहरु किसान भएकाले युद्धविरामको समयमा बाली हेर्नका लागि फर्किएको उनीहरुको भनाइ छ । परिस्थिति राम्रो नभएसम्म आफूहरु नफर्किने उनीहरुको भनाइ छ ।