• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

कार्तिक नाचमा देखाइयो नृसिंह अवतारको गाथा



काठमाडौं । कार्तिक नाच शुरु भएको ८ औं दिन नृसिंह अवतारको गाथा प्रश्तुत गरिएको छ ।

मंसिर २ गतेबाट यस पटक शुरु भएको कार्तिक नाचमा शनिवार राति नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो । वि.स. १६९७ मा शुरु भएको ऐतिहासिक कार्तिक नाचमा भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथाहरूसँग जोडिएको छ । यो ऐतिहासिक नाच पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरुहरू हरिवंश राजोपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहअनुसार तत्कालीन दरबार चोकभित्र रहेको भगवान श्रीकृष्णको मन्दिर निर्माण सम्पन्न भएको उत्सव मनाउन पहिलो पटक शुरु गरेको इतिहास छ ।

कार्तिक नाच हरेक वर्ष कार्तिक महिनामा प्रदर्शन गरिने नृत्य र संगीतमा आधारित भएर देखाइने नृत्य नाटक हो । यो नाच पाटन दरबार स्क्वायरमा अवस्थित कार्तिक डबलीमा मञ्चन गरिन्छ । शुरुमा यो नाच राजा सिद्धिनरसिंह मल्लले ५ दिनको लागि नाशल चोकमा देखाएर यसको शुरुवात गर्नुभएको थियो । स्थानीय किरण चित्रकारले कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा शुरु भएको बताउनु भयो ।

उहाँले शुरुवाती दिनमा ५ दिनबाट शुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गर्नुभएको बताइन्छ । त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्नेगरी थालनी गरिएको उहाँले बताउनु भयो । एक महिनाभर मनाउने गरिएपनि विभिन्न समयमा विभिन्न कारणले गर्दा मनाउन नसकिएको चित्रकारको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कार्तिक नाच आज भन्दा ३८३ वर्ष (बि.सं. १६९७) मा राजा सिद्धिनरसिंह मल्लको पालामा उनका गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सल्लाहमा शुरु भएको हो । शुरुवाती दिनमा ५ दिनबाट शुरु भएको यस नाचमा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लले ७ दिन थपेर १२ दिन सञ्चालन गर्नुभयो, पछि श्रीनिवासका पनि छोरा योगनरेन्द्र मल्लले यसमा अरु १५ दिन थपेर १ महिनाभर सञ्चालन गर्नेगरी थालनी गरियो । कार्तिक महिनाभर प्रदर्शन गर्ने भएकाले यस नाचलाई कार्तिक नाच भनिन्छ । श्रीकृष्ण, नृसिंह लगायत केहीमा पहिलाबाट नै चलि आएका श्रेष्ठभित्रका पनि विभिन्न जातिका मानिसहरु रहेपनि अन्य नाच भने श्रेष्ठहरु सबैले नाच्ने गरेका छन् । तर हामी पहिलाबाट नै चलिआएको जातअनुसार नचाउने प्रयासमा छौँ ।’

कार्तिक नाच शुरुमा ‘बाथ: प्याखँ’ बाट शुरु हुन्छ । यो तीन दिनसम्म देखाइन्छ । त्यसपछि भगवान विष्णुको विभिन्न कथाहरूमा आधारित नाचहरू प्रश्तुत गरिन्छ । तत्कालीन समयमा देशमा शान्ति, समृद्धि र मनोरञ्जनको हेतुले यो नाच शुरु भएको मानिन्छ । कुनै समय कार्तिक महिनामा २७ दिन अर्थात महिना दिनसम्म देखाइने हुँदा यो नाच कार्तिक नाचको नामले परिचित छ । परापूर्वकालमा कार्तिक महिनाभर मनाइँदै आएको उक्त नाच पछिल्ला वर्षहरूमा विविध कारणले गर्दा केही दिन मात्र देखाउन थालिएको छ । यस वर्ष मंसिर २, ३ र ४ गते बाथ: प्याखँ, ५ गते युद्ध कला (शितज्वर/विषमज्वर युद्ध, महादेव/कृष्ण युद्ध), ६ गते देवी प्याखँ, ७ गते ज्ल शयण, ८ गते बराह अवतार, ९ गते नृसिंह अवतार, १० गते वस्त्रहरण लिला, ११ गते दधि लिला देखाइनेछ ।