• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम अनितितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

राजसंस्थाको पक्षमा देखिएको जनमतबाट ‘गणतान्त्रीक’ नेताहरुको बर्बराहट सुरु: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको पक्षमा देखिएको जनमतबाट प्रचण्ड,ओली,गगनहरु त्रशित र आतंकित भएको जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा थापाले लेख्नुभएको छ प्रचण्ड,ओली,गगनहरुको राजाप्रतिको धम्किपूर्ण बर्बराहटले प्रष्ट पार्छ(राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरु त्रशित र आतंकित छन्।

उहाँले लेख्नुभएको छ उनीहरु साच्चिकै लोकतन्त्रवादि हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह छ।अन्यथा समयले उनीहरुलाई पछाडी छोड्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल , एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री गगन थापाले आज पूर्वराजा प्रति कटाक्ष गर्नुभएको थियो । झापाका एक कार्यक्रममा सहभागी हुन पुग्नु भएका पूर्वराजालाई स्वागत गर्न उल्लेख सर्वसाधारण सहभागी भएका थिए ।