१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा पूर्वराजाको ‘क्रेज’: लिङ्देनले शक्ति देखाए-फोटो फिचर



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्न शुक्रबार झापा पुग्नु भयो ।

झापामा शालिक अनावरण कार्यक्रम मात्र थिएन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफनो शक्ति प्रदर्शन गर्ने मौका पनि थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १५ दिनदेखि सोही कार्यक्रमको तयारीका लागि झापा जानु भएको थियो ।

अध्यक्ष लिङ्देन आजको नागरिक उपस्थितीले दंग हुनुहुन्छ । केही साता अघि भक्तपुरमा जादाँ जनमानसबाट पाएको साथ र समर्थन भन्दा कमि हुन्छ कि भन्ने चिन्तामा रहनु भएका लिङ्देन आजको उपस्थिती पछि उत्साहित हुनु भएको जनाईएको छ ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार झापाले नयाँ सन्देश दिएको छ । उहाँले भन्नुभयो ‘कसैलाई निषेध नगरौं, सबैको स्पेस सुरक्षित गरौं, राजनीतिक दल र राजा सहितको नयॅा समझदारी कायम गरौं, देशको विद्यमान संकट समाधान गर्न सम्पूर्ण शक्ति एकीकृत गरौं भन्ने सन्देश झापाले दिएको छ ।’

पूर्वराजा शाहको स्वागतमा बिर्तामोडमा सर्वसाधारणको भीड लागेको थियो । शुक्रबार झापा पुग्नु भएका पूर्वराजा बस्नु भएको मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले हजारौं मोटरसाइकलको र्‍यालीका साथमा पूर्वराजा शाहलाई स्कर्टिङ गरेर बिर्तामोडसम्म पुर्‍याएको थियो ।