• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

नेप्लिज कराते अर्गानाइजेसनद्वारा खेलाडी सम्मानित



काठमाडौँ । १९औं एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तर्राष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन् ।

ग्लोवल नेप्लिज कराते अर्गानाइजेसनले भक्तपुरको सल्लाघारीमा शुक्रबार कार्यक्रम आयोजना गर्दै एशियाली खेलकुदमा पदकविजेता एरिका र विश्व सितोरियो कराते च्याम्पियनसिपमा पदकविजेतालाई सम्मान गरेको हो । दुर्गम क्षेत्रमा रहेका कराते खेलाडीलाई खेलसामाग्री सहयोग गर्दै आएको ग्लोवल नेप्लिज कराते अर्गानाइजेसनले पदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप सम्मान गरेको जनाएको छ ।

एरिकाले गत असोजमा चीनको हाङ्चाओमा सम्पन्न एशियाली खेलकुदमा कुमुतेतर्पm महिला ६८ केजी तौलसमूहमा रजत पदक जितेकी थिइन् । फाइनलमा भने कजाखस्तानकी सोफिया बेरुल्त्सेभाससँग पराजित भएपछि उनी एशियाली खेलकुदमा पहिलो स्वर्ण पदक जित्ने नेपाली खेलाडी बन्नबाट भने चुकिन् । गत दशौं विश्व सितोरियो विश्व च्याम्पियनसिपमा भने नेपालले एक स्वर्ण, तीन रजत र पाँच कांस्य पदक जितेको थियो । सो च्याम्पियनसिपमा एरिकाले स्वर्ण जित्दा विप्लभलाल श्रेष्ठ, मोहम्मद सेखु आलम, निरुपा तामाङले रजत पदक जितेका थिए ।

त्यस्तै आशिष थापा, सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, पुष्पका लामा, एलिसा राजकोटी मगर र सानुमाया थिङले कांस्य पदक दिलाएका थिए । एसियाली खेलकुद र विश्व च्याम्पियनसिपमा पदकविजेता खेलाडीलाई आठौं सागका स्वर्ण विजेतासमेत रहेका सुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा रहेको ग्लोवल नेप्लिज कराते अर्गानाइजेसनले सम्मान गरेको हो । ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले एरिकालाई ३० हजार, रजत विजेतालाई १५ हजार र कांस्य विजेतालाई १० हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गर्‍यो ।

वागमती प्रदेश सभाका सदस्य मिनकृष्ण महर्जन, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र नेपालमा करातेका संस्थापक थानेश्वर राईलगायतले खेलाडीलाई सम्मान गरेका थिए । सो अवसरमा करातेका प्रमुख प्रशिक्षक तुल्सी महर्जन, प्रशिक्षक कुशल श्रेष्ठ, छोरिमैया डंगोल, वीरकृष्ण शाही र टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि सम्मान गरिएको थियो । ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनलले यसअघि कर्णाली प्रदेशमा सुर्खेतका डोजोमा ५० हजार बराबरको करातेका सामग्री प्रदान गरेको थियो ।