• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम अनितितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले संवैधानिक अधिकारको अपहरण गर्‍यो: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रशासनिक दमनबाट नभै वार्ता र सहमतिको आधारमा समाधान खोज्न आग्रह गर्नुभएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा सहभागी भएकाहरु माथी सरकारले धरपकड गरेपछि अध्यक्ष थापाले यस्तो आग्रह गर्नुभएको हो ।

थापाले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

शान्तिपूर्ण विरोध प्रदर्शन,जुलुस र सभा गर्नपाउने संवैधानिक अधिकारको अपहरण गर्दै आज काठमाण्डौमा जथाभावी धरपकड गर्ने,नजरबन्द गर्ने र प्रदर्शन निषेधगर्ने सरकारको निरंकुश र दमनकारी कार्यको राप्रपा नेपाल भत्सर्ना गर्दछ।प्रशासनिक दमनबाट होईन वार्ता र सहमतिको आधारमा समाधान खोजिनुपर्छ ।