१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

मिश्रको आग्रह: विष्फोट हुनु अगाबै नवीनसमझदारी मा जाऔँ

मिश्रको आग्रह: विष्फोट हुनु अगाबै नवीनसमझदारी मा जाऔँ
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बर्तमान समयमा २०४६ र २०६२/६३ सालको आन्दोलनको झल्को आइरहेको जनाउनु भएको छ ।

अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू लाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउदै मिश्रले गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२र६३ सालमा राजाको शासन बचाउन सक्यो भन्ने कुरा स्मरण गराउनु भएको छ ।

कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट पक्राउ गर्रिको भन्दै उहाँले सबैलाई तुरून्त रिहा गरियोस् गर्न माग गर्नुभएको छ ।

उहाँले लेख्नु भएको छ –

१) अन्य सँगसँगै, राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ परिरहेछन्। त्यो पनि कतिपय नितान्त असम्वन्धित ठाऊँहरूबाट। सबैलाई तुरून्त रिहा गरियोस्। गैरकानूनी गिरफ्तारीहरूको घोर भत्सर्ना गर्दछु।
२) बाहिर कारणहरू नभएका होइनन्, तर गिरफ्तारी, नजरबन्द, निषेधित क्षेत्र, निषेधाज्ञाले न २०४६ सालमा पञ्चायत बचाउन सक्यो न २०६२/६३ सालमा राजाको शासन बचाउन सक्यो।
३) यो देशको चरम भूराजनीतिक र आन्तरिक संवेदनशीलताका कारण गणतन्त्र यो देशको लागि घातक छ। यसले धेरै वर्षसम्म असर पर्ने गरी समाजको पत्र-पत्रलाई पतित बनाइसक्यो।
४) गणतन्त्र हाँक्नेहरू त सत्यानाशी छँदै थिए। डरलाग्दो कुरा, ती भन्दा बढी सत्यानाशी गणतन्त्र जसरी पनि जोगाऊँ भन्ने नागरिक समाजका अगुवाहरू देखिँदैछन्, जसलाई यो देश ‘ध्वंस’ नै नभइकन जीवनमा खासै असर पर्दै पर्दैन।
५) मेरो आग्रह: अब गणतन्त्र हाँक्ने र त्यसको बचाउ गर्नेहरूले गणतन्त्र घिसार्ने प्रयास नगर्नुहोस्। यसको परिणाम सुखद हुनेछैन।
६) राजा ल्याउँदैमा सबै राम्रो हुन्छ त? भन्नुहोला। राजा आएपछि पनि नेताहरूले ५०० वटा गल्ती गर्दा राजाबाट ५ वटा गल्ती हुन्छ। संसारभरी नै भएका छन्। तर गल्ती भयो भन्दैमा एकले अर्कोलाई निषेध गर्न खोज्ने हो भने, यो देशकै भविष्य संकटमा पर्नेछ। संकटमा पर्ने प्रशस्त संकेतहरू देखिन थालिसकेका छन्।
७) आज नभए भोली, भोली नभए पर्सी अवस्था विष्फोट हुन्छ-हुन्छ। त्यस्तो हुनु अगाबै शान्तिपूर्णसंक्रमण मार्फत नवीनसमझदारी मा जाऔँ। व्यक्तिगत विचारका खातिर देशलाई र देशका बहूसंख्यक विपन्न जनताको भविष्य संकटमा नपारौँ।