१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ: अष्टलक्ष्मी शाक्य

मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ: अष्टलक्ष्मी शाक्य
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने काममा सबै दलहरु नमिली सुखै नभएको पनि दोहोर्‍याउनु भयो । ललितपुरमा आयोजित ‘राजनीतिको महिलाकरण’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले समाजवादमा जाने लक्ष्य किटान गरेकाले सबै राजनीतिक दलहरुले संविधानको कार्यान्वयनमा जोड दिएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले मुलुकलाई समृद्धिको बाटोमा लैजाने कामका लागि महिलाहरुलाई नेतृत्वदायी भुमिकामा पुर्‍याउनुपर्ने बताउनु भयो । उपाध्यक्ष शाक्यले सामन्तवादी सोचको अवशेषको रुपमा रहेको पितृसतात्मक सोचलाई अन्त्य गर्न वैचारिक संघर्षलाई तिब्रता दिनुपर्नेमा पनि जोड दिनुभयो ।

उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘राजतन्त्र हटाएर संघीयतासहितको गणतन्त्र ल्यायौं । अहिले संविधानले समाजवादीको लक्ष्य बोकेको छ । उपलब्धिहरु धेरै भएका छन् । अहिले हाम्रो काम भनेको आन्दोलनबाट उपलब्धि भएको छ । त्यो उपलब्धिलाई रक्षा गर्ने मात्रै होइन, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । हामी सबै दलहरुको हो । त्यो नगरी सुखै छैन । यसो भएको हुनाले बलिदानबाट ल्याएको संविधान, बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने, बचाउने र यसलाई संस्थागत गर्ने तथा समृद्ध नेपाल निर्माण गर्ने हाम्रो महत्वपूर्ण दायित्व हो । समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो । त्यसो भएको हुनाले हामी दलहरु नमिली सुखै छैन, मिलेर यसको प्रभावकारी कार्यान्वयन नगरी सुखै छैन ।’

कार्यक्रममा बोल्दै एमालेकी स्थायी समिति सदस्य एवं पूर्वसांसद डा. विन्दा पाण्डेले संविधानमा व्यवस्था गरेको समावेशी प्रतिनिधित्वको सवालमा महिलाहरु आफैँ स्पष्ट हुनुपर्ने बताउनु भयो । उहाँले महिलाहरुले पार्टीबाट प्रतिनिधित्व गरेर गएपनि सबै जनताको प्रतिनिधिको रुपमा आफू रहेको कुरालाई मनन गर्दै सोही अनुसार काम गर्नुपर्ने स्मरण गराउनु भयो । पाण्डेले महिला प्रतिनिधित्वको सवालमा संविधानमा व्यवस्था गरिएका कुरालाई कार्यान्वयनमा लैजाने कुरामा पनि कमी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरुको समावेशी प्रतिनिधित्वको बारेमा हामी कति स्पष्ट छौ भन्ने खालको कुरा यो बहसको विषय हुन अझै जरुरी छ । र, अर्को कुरा चाहीँ त्यो प्रतिनिधित्व गरेर जानेले पनि मेरो भुमिका के हुनुपर्छ भन्ने कुरामा समस्या छ । अहिले चाहीँ कस्तो छ भने तपाईलाई पार्टीले पठाएको हो । पार्टीले भनेको कुरा मान्नुपर्छ । पार्टीले भनेको कुरा त मान्नु पर्छ । तर, पार्टीले के कारणले त्यहाँ पठाएको हो भन्ने कुरा चाहीँ बिर्सनु हुँदैन । मैले चाहीँ विभिन्न ठाउँका जनप्रतिनिधिहरुको बीचमा जाँदा पनि पहिलो कुरा हामी निर्वाचनमा जाँदाखेरी पार्टीको उम्मेदवार हुन्र्छौं । तर निर्वाचित भएपछि सबैको प्रतिनिधि हौं भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ । अर्को संविधान र अन्तर्राष्ट्रिय प्रतिवद्धतालाई ध्यानमा राख्नुपर्छ । घोषणा पत्र र आफ्नो समुदायको पनि ख्याल गर्नुपर्छ । यी कुराहरु हाम्रो समावेशिताले बोक्न सकेको छैन । ’

पाण्डेले लिंगभेदको अन्त्य गर्ने कामको शुरुवात भने घरैबाट गर्नुपर्ने दोहोर्‍याउनु भयो ।