१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुनेमा प्रर्दशन गर्न आएका प्रसाईंका समर्थक पक्राउ



अ+ अ-

काठमाडौं । तीनकुनेमा आन्दोलन गर्न आएका दुर्गा प्रसाईँका समर्थकहरु पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले धरपकड गरेको हो ।

प्रहरीले तीनकुनेबाट प्रसाईँका ७ जना जति समर्थकहरु पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई भ्यानमा हालेर चौकी लगिएको छ ।

बिहिबाार बल्खुमा यूवा भेला पारेर प्रदर्शन गरेका प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । काठमाडौं जिल्ला प्रशासनले भने गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै प्रदरशन गर्न अनुमति नभएको बताएको थियो । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । यता, प्रसाई पनि आफ्नै घरमा नजरबन्दमा परेका छन् । उनलाई घरबाहिर निस्कन दिईएको छैन । नजरबन्द पछि प्रत्रबार सम्मेलन गर्दै प्रसाईँले आफ्नो आन्दोलन नरोकिने बताएका छन् ।

यसैबीच, घरमै नजरबन्दमा रहेका दुर्गा प्रसाईको घरमा रहेका केही व्यक्ति पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा श्याम तिमल्सिना तेजनारायण कॅडेल पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का, कौशल आचार्य, मीना शाही , आडनिमा शेर्पा, सावित्री क्षेत्री, सौरभ भण्डारी सहित दुइ दर्जन रहेका छन् ।