• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

तीनकुनेमा प्रर्दशन गर्न आएका प्रसाईंका समर्थक पक्राउ



काठमाडौं । तीनकुनेमा आन्दोलन गर्न आएका दुर्गा प्रसाईँका समर्थकहरु पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानअन्तर्गत आन्दोलनका थप कार्यक्रमका लागि तीनकुनेमा भेला भएका समर्थकलाई प्रहरीले धरपकड गरेको हो ।

प्रहरीले तीनकुनेबाट प्रसाईँका ७ जना जति समर्थकहरु पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई भ्यानमा हालेर चौकी लगिएको छ ।

बिहिबाार बल्खुमा यूवा भेला पारेर प्रदर्शन गरेका प्रसाईँले आजबाट तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए । काठमाडौं जिल्ला प्रशासनले भने गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै प्रदरशन गर्न अनुमति नभएको बताएको थियो । कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम गरेमा कारबाही गर्ने चेतावनी दिएको थियो ।

तीनकुनेमा प्रहरी बाक्लोरूपमा परिचालन गरिएको छ । यता, प्रसाई पनि आफ्नै घरमा नजरबन्दमा परेका छन् । उनलाई घरबाहिर निस्कन दिईएको छैन । नजरबन्द पछि प्रत्रबार सम्मेलन गर्दै प्रसाईँले आफ्नो आन्दोलन नरोकिने बताएका छन् ।

यसैबीच, घरमै नजरबन्दमा रहेका दुर्गा प्रसाईको घरमा रहेका केही व्यक्ति पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा श्याम तिमल्सिना तेजनारायण कॅडेल पशुपति खड्का, मुनिन्द्र राजभण्डारी, सतिष न्यौपाने, अनुप शाही, आवास खड्का, कौशल आचार्य, मीना शाही , आडनिमा शेर्पा, सावित्री क्षेत्री, सौरभ भण्डारी सहित दुइ दर्जन रहेका छन् ।