१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका लागि बोल्दा ‘हाउस एरेस्ट’ हुनुपर्यो: दुर्गा प्रसाईँ



file photo
अ+ अ-

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई घरबाट बहिर निस्कन सुरक्षाकर्मीले अबरोध गरेपछि आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका छन् ।

आफ्नै घरमा नजरबन्दमा परेका प्रसाईँले घरमै पत्रकार सम्मेलन गरेर आफू नागरिक बचाउन आएको भन्दै भाग्नेवाला नभएको प्रष्ट पारे ।

जनताका लागि बोल्दा हाउस एरेस्ट हुनुपरेको बताउदै हामीले गणतन्त्र यसैका लागि ल्याएको हो ? भन्दै प्रश्न गरे । उनले भने, प्रचण्डसँग धेरै लामो संगत गरेको हुँ । हिजो जंगलबाट झिकेर सत्तामा पुर्याउने एउटा भर्याङ म पनि हुँ । हिजो जनतालाई गरेको बाचा पूरा भयो कि भएन ? आज उहाँलाई सत्तामा पुर्याउने र राजसंस्था फ्याक्ने आज राजा भएको देशमा काम गर्दैछन् । उहाँहरुका ५० हजार घाइतेमध्ये मैले २० जनाको त गोली निकालेको छु । १७ हजार मरेका छन् । उनीहरुले के पाए ?’

हिजो सैनिक हिरासतको कठोर यातना भोगेको र आज पुलिसको यातना भोग्न पनि तयार रहेको बताउदै प्रसाईंले भने,‘स्कुलहरु चलुन्, एम्बुलेन्सहरु चलुन्, पसलहरु बन्द गरिदिनुस । दक्षिणकाली लगेर कालो बोको कटाउनुस, म भाग्नेवाला छैन ।’

साथै, उनले यो व्यवस्था परिवर्तन नहुञ्जेलसम्म काठमाडौंका पसलहरु बन्द गर्न आह्वान गरे ।