८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

केपी ओली टी–२० क्रिकेट: सन्दीपको ४ विकेटमा वागमतीको विजयी शुरुवात

केपी ओली टी–२० क्रिकेट: सन्दीपको ४ विकेटमा वागमतीको विजयी शुरुवात
अ अ+ अ-

काठमाडौँ । स्पिनर सन्दीप लामिछानेको बलिङप्रेरित वागमती प्रदेशले केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सुखद् शुरुवात गरेको छ ।

पोखरा क्रिकेट मैदानमा बिहीवारदेखि शुरु भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा वागमतीले मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोलाई १०९ रनले हराएको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको टी–२० क्रिकेट प्रतियोगितामा एक सय ८४ रनको लक्ष्य पछ्याएको आयोजक १४.२ ओभरमा ७५ रनमै समेटिन पुग्यो । वागमतीको धारिलो बलिङसामु आयोजक समालिन सकेन । कप्तान सन्दीप लामिछानेले चार ओभरमा १६ रन मात्रै खर्चिएर ४ विकेट लिए । सुवास खत्रीले तीन तथा प्रतिश जिसीले दुई र रिजन ढकालले एक विकेट लिँदै आयोजकको इनिङ सस्तैमा रोके ।

आयोजकका लागि अमर मिश्रले १३, विजय प्रजापतीले १३ र सन्तोष यादव १२ रन बनाए । निर्मल थापाले १० रन जोड्दा अन्य ब्याटरले भने दोहोरो अंकको रन बटुल्न सकेनन् । वागमतीले सहज जित निकाल्यो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपको कप्तानीमा उत्रिएको वागमतीले टस हारेर पहिले ब्याटिङको निम्तो पायो । वागमतीलाई ब्याटिङ गराउने आयोजकको निर्णय सही सावित भएन । रित गौतमको ७४ रनको योगदानमा वागमतीले पूरै ओभरमा खेल्दै सात विकेटको क्षतिमा १८४ रनको योगफल तयार पार्‍यो । ओपनर गौतमले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।

उनी २०औं ओभरको अन्तिम बलमा रनआउटको शिकार भए । अर्का ओपनर शुभ कंसाकार पनि २२ बल खेल्दै २७ रनमा रनआउट भए । शुभले ४ चौका र १ छक्का हिर्काए । इसान पाण्डे सन्देश थापाको बलमा डकआउट भए । पावरप्लेमा दुई विकेट गुमाएको बागमतीको इनिङ ओपनर रितले अगाडि बढाएउँदै अन्तिमसम्म पुर्‍याए । प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट हुन पुगे । प्रतिश जिसी पनि बिप्रासन केसीको बलमा ९ रनमै पभेलियन फर्किए । बलर केसीले १४औं ओभरमा २४ रन खर्चिएर दुई विकेट लिए ।

सो ओभरमा उनले सन्दीपको विकेट पनि लिए । लामिछानेले उनलाई लगातार तीन छक्का हिर्काएर दबाब राखे पनि ओभरको अन्तिम बलमा आउट भए । गौरभ खड्का १७ रनमा अविजित रहे । एकेडेमीका केसीले तीन ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्देथ थापा र सन्तोष यादवले समान एक/एक विकेट लिए ।