• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   ‘म मेरो सुटकेसमा बन्दुक बोकेर हिँड्छु’ ★   बत्तिसपुतली हत्या प्रकरण: पक्राउ परेका चार नाबालक ★   विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला ★   अफगानिस्तानमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३० नाघ्यो ★   यातायात सञ्जालसँग जोडियो म्यादीको निस्कोट ★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई निकुञ्जको कोर इलाकामा १६ कोठाको लजसहित भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्ने अभियोगमा आज आयोगले मुद्दा दायर गरेको हो ।

आयोगले खैरहनी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मा, इञ्जिनियर राजेश कोइराला र सवइञ्जिनियर सुमन श्रेष्ठविरुद्ध रू ३१ लख ५९ हजार सात सय ३५ बराबरको बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन सहायक संरक्षण अधिकृत अभिनय पाठकविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

वन उपभोक्ता समूह र कङ्क्रिट मचान निर्माण समितिका तत्कालीन अध्यक्ष हिराबहादुर गुरुङविरुद्ध रू एक करोड १९ लाख पाँच हजार छ सय तीन, वन उपभोक्ता समूहका तत्कालीन कोषाध्यक्ष शम्भु जिसी भनिने समरबहादुर घर्तीविरुद्ध रू ८९ लाख दुई हजार छ सय ६५ बराबरको बिगो दाबी गरिएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वन उपभौक्ता समूहका अध्यक्ष गणेशकुमार श्रेष्ठ र कोषाध्यक्ष उज्ज्वल बर्तौलाविरुद्ध रू १३ लाख ३१ हजार दुई सय १७ बराबरको बिगो माग दाबी गरिएको आयोगले जनाएको छ ।

आयोगले बुढी राप्ती उपभोक्ता समितिका तत्कालीन अध्यक्ष नारायणदत्त तिमिल्सिना र कोषाध्यक्ष सोमराज कडरियाविरुद्ध रू ७८ हजार र कङ्क्रिट मचान उपभोक्ता समितिका कोषाध्यक्ष ठण्डाकुमारी दाहाल र सचिव कल्याण लटौलाविरुद्ध रू ३५ लाख ५० हजार नौ सय ५२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । रासस