२७ माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खु झडपमा केही प्रदर्शनकारी घाइते



अ+ अ-

काठमाडौँ । बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिकता बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनका क्रममा झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् भने केहीलाई अस्पताल पठाइएको छ ।

दुर्गा प्रसाईंको जनप्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि पटक-पटक झडपहरु भइरहेका छन् । झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा पनि प्रयोग गरेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि नाराबाजीसहित ढुंगामुढा गरेका थिए ।