१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुमा युवा संघको टोली र दुर्गा प्रसाईँ समर्थकबिच झडप



अ+ अ-

काठमाडौं । बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबिच झडप भएको छ ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि प्रसाईं समर्थकले ढुंगा हानेपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । सोहि बेला मोटरसाइकलमा युवा संघका कार्यकर्ताहरू आएपछि प्रसाईंका कार्यकर्ताले ढुंगा हान्न सुरु गरेको बताईएको छ । युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।