२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बल्खुमा युवा संघको टोली र दुर्गा प्रसाईँ समर्थकबिच झडप



अ+ अ-

काठमाडौं । बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबिच झडप भएको छ ।

कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि प्रसाईं समर्थकले ढुंगा हानेपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको हो ।

दुर्गा प्रसाईं नेतृत्वको अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । सोहि बेला मोटरसाइकलमा युवा संघका कार्यकर्ताहरू आएपछि प्रसाईंका कार्यकर्ताले ढुंगा हान्न सुरु गरेको बताईएको छ । युवा संघले तीनकुनेमा प्रदर्शन गर्दैछ ।

ढुंगामुढाबाट बल्खु आसपासमा केही संरचनामा क्षति पुगेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।