२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा ७ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । बुधवार उत्तरी वेस्ट बैंकमा भएको इजरायली आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेमध्ये ६ जना तुलकर्म शरणार्थी शिविरका र एक जना कलकिल्या शहरका रहेको मन्त्रालयले जनाएको छ । इजरायली सेनाले बुधवार बिहान तुलकर्म शिविरमा ड्रोन आक्रमण गरेको थियो । जसमा ५ प्यालेस्टाइनीको मृत्यु भएको थियो । यसैबीच, कल्किल्या नजिकैको अजुन सहरमा, इजरायली सेनासँगको भिडन्तमा एक प्यालेस्टाइनी युवाको मृत्यु भएको छ ।

इजरायली आक्रमणले अक्टोबर ७ यता हमास–इजरायल द्वन्द्व शुरु भएदेखि वेस्ट बैंकमा प्यालेस्टिनीहरूको कुल मृत्यु हुनेको संख्या २२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।