१९ श्रावण २०८३, मंगलवार
,
Latest
रामबहादुरलाई वाइल्ड कार्ड तीन दिने खेलकुद प्रदर्शनी शुरु शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी कलेजको पुस्तकालय सार्वसाधरणका लागि खुला



अ+ अ-

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सो कलेजका विद्यार्थीका लागि मात्र नभएर आम सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुस गरी सबैका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषालगायत विविध विषयमा नेपाली र अङ्गे्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् ।

पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यसमार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध मिलाइएको निमित्त क्याम्पस प्रमुख डा अधिकारी बताउनुहुन्छ ।

अध्ययन, अनुसन्धान तथा खोज कार्यलाई प्रश्रय दिन कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स्’ र ‘श्वेतशार्दूल’ जस्ता जनरल पनि प्रकाशन गर्दै आएको छ । यस कलेजले समयसमयमा काठमाडौँबाहिरका विभिन्न शैक्षिक संस्थाको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोगस्वरूप पुस्तक पनि उपलब्ध गराउँदै आएको छ । रासस