८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हराउँदैछन् थारु समुदायले बनाउने डेंहरी

हराउँदैछन् थारु समुदायले बनाउने डेंहरी
अ अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाकी ५५ वर्षीय बुधनीदेवी चौधरी खेतबारीको कामबाट फुर्सदिलो भएपछि माटोका भकारी (डेंहरी) बनाउँदै आउनुभएको छ । माटोका भकारी बनाउने कार्य पुस्तौंँदेखि गरिँदै आएको हो । खेतबाट भित्र्याएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा डेंहरी बनाउँदै आएको उहाँले बताउनुभयो ।

“चिम्टाइलो माटो, गहुँ, धानको भुषाको प्रयोग गरी बनाइएका भकारी वषौँंसम्म प्रयोगमा ल्याउन सकिन्छ” उहाँले भन्नुभयो, “भकारी बनाउने कार्य पछिल्लो पुस्ताले आत्मसात् नगर्दा हराउँदै जान थालेको छ ।” थारु समुदायका माटो र काठले बनेका परम्परागत मौलिक घरका ठाउँमा पक्की घर ठड्याइन थालेपछि माटोका भकारी बनाउने कार्यमा कमी आएको उहाँले बताउनुभयो । “घरका बुढापाकाबाट भकारी बनाउन सिकेका हौंँ” उहाँले भन्नुभयो, “नयाँ पिँढी भकारी बनाउने सीप सिक्न तयार छैनन्, यस कार्यले थारु समुदायको रहनसहनसँगै संस्कृतिसँग जोडिएको भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको छ ।”

भकारी बनाउनलाई प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले बनाउने काममा अवरोध हुँदै आएको थारु अगुवा मीनादेवी डगौरा बताउनुहुन्छ ।“परम्परागत घरमा डेंहरीले नै कोठा छुट्ट्याउने गरी राखिने गरेको थियो”, उहाँले भन्नुभयो, “परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रुपमा रहेका भकारी बनाउन छाड्दै गएका छन् ।”

“टिन, बाँस, निगालो र प्लास्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत भकारी बनाउने काममा यसको प्रभाव परेको छ”, परदेशी चौधरीले भन्नुभयो, “सहजरुपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले थारु संस्कृतिसँग जोडिएको भकारीलााई बिर्सदै जान थालेका छन् ।” भकारी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको उहाँको भनाइ रहेको छ । “यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

भकारी खासगरी महिलाले बनाउने गर्दछन् । परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ ।“यसमा राखिने अन्न वर्षौँंसम्म राख्दासमेत रोग कीरा लाग्ने र बिग्रने डर हुँदैन”, धनबहादुर कुश्मिले भन्नुभयो, “ढिकीमा कुटेको चामल धेरै वर्षसम्म यसमा राख्दासमेत बिगँ्रदैन ।” उहाँका अनुसार हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बुढापाका महिलाले बनाएर राखेका माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ । धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ । भकारी(डेंहरी) धेरै प्रकारको हुने गरेको छ ।

जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन् । पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ । यसले भान्छा र डिहुरार (देउथान) छुट्ट्याउने गर्दछ । अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ । यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ । पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन रहेको थारु अगुवा हबल्दार चौधरीले बताउनुभयो । उहाँका अनुसार पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ ।

त्यो किलामा झोरर्या (झोलि) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धूप राखिएको हुन्छ । डेंहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ । कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ । यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ । अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ । यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नून, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ । रासस