३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाहरूमाथि दुर्व्यवहार गर्ने युवा संघ होईन: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ७ गते दुर्गा प्रसाईंको अभियानको लागि आएका महिलाहरूमाथि दुर्व्यवहार गर्ने युवा संघ नभएको दाबि गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नरहेको बताएका हुन् ।

अनेक प्रकारको षड्यन्त्रले एमालेलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने कोसिस भइरहेको बताउदै उनले भने, ‘आज बिहान एउटा भिडिओ आएपछि मैले युवा संघलाई सोधेको थिएँ । युवा संघले पनि भिडिओ हेरेर थाहा पायौं भन्छ । हाम्रो कुनै संलग्नता छैन भन्छ । युवा संघको यस्तो खालको क्रियाकलाप होइन हुन सक्दैन भनेर मलाई बताएको थियो । हामी यस सम्बन्धमा स्पष्ट पर्छौं, हाम्रो संलग्नता छैन अध्ययन गर्दैछौं भनिसक्या छ । हाम्रो संलग्नता नभएको युवा संघले मलाई बताएको छ ।’

एमालेभित्र रहेर कसैलाई गल्ती गर्ने छुट नभएको बताउँदै ओलीले बदनाम गर्न खोजे स्वीकार्य नहुने बताए ।