१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी एकताको कुरा नगरौं: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताए ।

०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै अध्यक्ष ओलीले अरुका स्वार्थको लागि काम गर्न वामपन्थी हुन नसक्ने बताए ।‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा पपुलिष्ट कुराहरू हुन् । नगर्न म साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको ।’, उनले भने, ‘वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो । त्यतिबेला त्यो अवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथौं । काम गर्न सक्दैनथ्यौं । हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौं ।’