२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 18.79

Wind: 1.03

Humidity: 59

तपाईं के खोज्दै हुनुहुन्छ ?

आज दिउँसो मुर्रा राँगा नेपाल आईपुग्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारतले पठाएको मुर्रा राँगा आज दिउँसो नेपाल आईपुग्ने भएको छ । भारतले पठाएको १५ वटा मुर्रा राँगा दिउँसो १ देखि २ बजेभित्र बाँकेको नेपालगन्जस्थित रुपैडिहा–जमुनाहा नाका आईपुग्ने बताईएको छ ।

नेपाली प्राविधिक टोली भारत गएर राँगाको परीक्षण मापदण्ड पुरा गरेपछि भारतले राँगा हस्तान्तरण गरेको थियो । ती राँगा ट्रकमा ल्याउन लागिएको हो ।

भारत सरकारले नस्ल सुधारका लागि उपहार स्वरूप दिएको उन्नत जातको मुर्रा राँगा नेपाल ल्याउन लागिएको हो । आज आइपुग्ने १५ मुर्रा राँगालाई एक दिनका लागि नेपालगञ्जस्थित पशु होल्डिङ्ग सेन्टरमा राखिने छ । त्यसपछि ती राँगालाई विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालय (पोखरा, नेपालगन्ज र लहान) मा राखिने छ । सोही स्थानबाट वीर्य उत्पादन, संकलन र संरक्षण गरिने छ ।