२० माघ २०८१, आईतवार
,
Latest
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ मुलुकको अर्थतन्त्र बलियो बनाउन सबैले हातेमालो गर्नुपर्छ : महासचिव पोखरेल स्वदेशी उत्पादनको प्रयोगले मुलुकको अर्थतन्त्र बलियो हुने-मुख्यमन्त्री कार्की जसपा नेपाल कार्यकारिणी समिति बैठक एक दिन लम्बियो विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवासंघले नागरिक बचाउ महाअभियानमा सहभागी हुन आएका महिला माथी दुर्व्यवहार गरेको आरोप- भिडियो सहित



अ+ अ-

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान कार्यक्रममा सहभागी हुन काठमाडौ आएका महिलाहरु माथी नेकपा एमालेको युवासंघले दुर्व्यवहार गरेको अभियानले जनाएको छ ।

अभियानका सह प्रवक्ता राजानन्द माण्डब्यका अनुसार ईटहरीबाट आएर जडिबुटीमा रहेका इन्द्रसार पार्टी प्यालेसमा बसेका महिलाहरु लाई राती ११ बजे तिर युवासंघका कार्यकर्ताले दुर्व्यवहार गर्दे कोठाबाट निकाल्ने प्रयास गरेका थिए । उहाँका अनुसार अभियानका व्यक्तिहरु पुगेपछि युवासंघका कार्यकर्ताहरु त्यहाँबाट बाहिरिएका थिए ।

माण्डब्यले न्युजपोलारसंग भन्नुभयो ‘युवा संघ यो देशको सबैभन्दा अराजक तत्व हो। यसले नेकपा एमालेलाई राजनीति बाट सक्ने काम आफै गर्दैछ। यो घटनाबाट हामी बिचलत भएका छैनौ । उनिहरु कति कमजोर भएछन् भन्ने पुष्टि भएको छ ।’

अभियानले मंसिर ७ गते बल्खुचोकमा कार्यक्रम गर्दैछ । अभियानले माईतिघरक्षेत्रका कार्यक्रम गर्ने तयारी गरे पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास, प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्र संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेको छ ।

भिडियो- राजानन्द माण्डब्यको फेसबुकबाट