१९ श्रावण २०८३, मंगलवार
,
Latest
मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण श्रेष्ठ र यमनको पलेँटी आर्थिक रूपान्तरणका लागि स्पष्ट दिशा तय गरिएको छ : अर्थमन्त्री वाग्ले राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल: आधिकारिक सूचना अधिकारी खटाइने सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेट नेपाल एयरलाइन्सः यात्रु, कार्गो तथा आम्दानीमा वृद्धि सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न स्थानीय तहले गरेनन् सरकारलाई सहयोग, मन्त्री रावलले खोजिन् विपक्षीको सहयोग गृहमन्त्रीको भ्रमण र सम्झौताबारे सरकारको स्पष्टीकरणः कुनै ठोस सम्झौता भएको छैन रामबहादुरलाई वाइल्ड कार्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र अझै दबाबमुक्त छैन: प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको दाबी गर्नुभएको छ ।

मंंगलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरुसँग वर्तमान अर्थतन्त्रका समस्या समाधानबारेको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रका कयौँ सूचकहरु सकारात्मक रहेपनि अर्थतन्त्र दबाबमुक्त नरहेको बताउनु भयो । अर्थतन्त्रका समस्याको समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ । गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौँ इण्डिकेटरहरु सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगेको छैन । त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निस्कर्षमा पुग्नुपर्ने आवश्यकता छ । धेरै चिन्तित हुनुपर्ने छैन भन्नेपनि छ अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौँ भन्ने छ । सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ ।’

प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जा सम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भएपनि एकथरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास भइरहेको बताउनु भयो । उहाँले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताउनु भयो ।

तस्बिर: प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय