४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपि ओली कप: सन्दीपको कप्तानीमा बागमती प्रदेशको टोली घोषणा



file photo: can
अ+ अ-

काठमाडौं । पोखरामा हुने केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बागमती प्रदेशको कप्तानी गर्ने भएका छन् ।

मङ्गलवार बागमतीले सन्दीपको कप्तानीमा प्रतियोगिता खेल्ने १४ सदस्यीय टोलीको टोली घोषणा गरेको हो। टीममा सिनियर टोलीबाट सन्दीप र प्रतिश जि. सि तथा नेपाली टोलीबाट खेली सकेका इशान पाण्डे रहेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मंसिर ७ देखि १५ गतेसम्म पोखरामा प्रथम केपी ओली कप टी२० क्रिकेट हुँदैछ । प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

बागमतीको टोली:

सन्दीप लामिछाने(कप्तान), शुभ कान्साकार, आषुतोश घिरैया, रित गौतम, गौरव खड्का(विकेटकिपर), रोशन विक, प्रतीक श्रेष्ठ, सोनु देवकोटा, इशान पान्डे, सुवाश खत्री, प्रतिश जिसि, रामनरेश गिरि र दिपेश श्रेष्ठ ।