• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

विश्वकप फाइनलको मारमा ‘टाइगर ३’



एजेन्सी । एजेन्सी । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म ‘टाइगर ३’ लगातार चर्चामा छ । यो फिल्म दीपावलीको अवसरमा १२ नोभेम्बरमा रिलिज भएको थियो ।

यो फिल्मलाई दर्शकले निकै रुचाइरहेका छन् । फिल्मले बलियो ओपनिङ गरेको थियो र एक हप्तामा बक्स अफिसमा २०० करोडभन्दा बढी कलेक्सन गरेको थियो ।

साताको दिनमा गिरावट आएपछि आठौं दिनमा सलमान खानको फिल्मको कमाईमा उछाल आएको थियो । शनिबार फिल्मको कलेक्सन १८.५ करोड थियो । तर, आइतबार भारत र अष्ट्रेलियाबीचको फाइनल खेलका कारण फिल्मको कमाईमा ठूलो असर परेको छ ।

‘टाइगर ३’ ले आइतवार विश्वकप २०२३ को फाइनल खेलको दिन १० करोड २५ लाख रुपैयाँ कमाएको छ । योसँगै फिल्मको कुल कमाई २२९।६५ करोड पुगेको छ ।