८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै

ग्रामीण सडकले मौलिक सम्पदा नासिदै
अ अ+ अ-

ढोरपाटन । पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् ।

बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । बागलुङका थुप्रै गाउँ पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा जानुपर्ने अवस्था छ ।

ग्रामीण सडकले बस्ती त जोखिममा पार्‍यो नै त्योसँगै मौलिक सम्पदासमेत नष्ट गरेको पाइन्छ । पहिले गाउँका हरेक डाँडा, भन्ञ्याङ र बाटो छेउमा चौतारा, धर्मशाला र देउराली हुन्थे । तर ती सम्पदा हिजोआज देख्न पाइँदैन । विकासका नाममा भएको ‘डोजरे विकास’ले सबै सम्पदा नष्ट गरिदिएको छ । भरिया, स्थानीयवासीले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्वनै समाप्त भएको छ । सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य त छोटाई दियो र मौलिक सम्पदाको पहिचान भने मेटाइ दियो । बागलुङको सबैभन्दा दुर्गम मानिने तमानखोला, ढोरपाटन र निसीखोलाबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा बर पिपलका चौतारा, ढुङ्गेधारा र धर्मशाला भेटिन्थे सडक निर्माण क्रममा ती सबै पुरिए ।

गाउँ–गाउँबाट एकै दिनमा सदरमुकाम आउन नसकिने र अहिलेको जस्तो ठाउँ–ठाउँमा बास बस्ने होटल हुँदा आफूहरु धर्मशालामा बास बस्ने गरेको ढोरपाटनका ८७ वर्षीय मकरबहादुर पुनले बताउनुभयो । पहिले हप्ता दिन हिँडेर बागलुङ बजार आइपुग्ने जनाउँदै अहिले चार घण्टामै आउन सकिने भएको उहाँको भनाइ छ । गाउँमा कुनै पनि सरकारी काम नहुने हुँदा जिल्ला सदरमुकाममै आउनु परेको स्मरण गर्दै अहिले सबै काम गाउँमा हुन थालेको उहाँको भनाइ छ । गाउँमा सडक आएपछि धेरै सहज भए पनि मौलिक सम्पदा संरक्षण गर्न तर्फ कसैको ध्यान नगएको उहाँको गुनासो छ ।

मौलिक सम्पदा पहिचान भएको भन्दै पछिल्लो समय त्यो पहिचान सङ्कटमा पर्दै गएको पुनको भनाइ छ । “गाउँमा सडक आयो धेरै राम्रो भयो, हामीहरुले धेरै दु:ख पाएका थियौँ, यसरी विकास होला भन्ने कल्पना पनि गर्न सकेका थिएनौँ, तर हाम्रो सम्पदा यसरी मेटिएलान् भन्ने पनि थाहा थिएन, हाम्रा पालामा बर पिपल रोप्ने, चौपारी बनाउने, धर्मशाला, पाटी पौवा बनाउने चलन थियो, त्यो चलन अहिले छैन,” उहाँले भन्नुभयो“नयाँ पुस्ताले बनाउनुको सट्टा संरक्षण पनि गर्न सकेनन्, अहिले कहीँकतै भेटिदैनन्, उति बेला हामीहरुले बनाएका चौपारी, बास बस्ने पौवा, टाढा जानु पर्दा अहिलेको जस्तो गाडी हुँदैनथ्ये, हिँडरै पुग्नुपथ्र्यो, बास बस्नका लागि होटल हुँदैनथ्ये, त्यही पाटी पौवामा बस्नुपथ्र्यो, अहिले त होटल बने, विकास भए पनि मौलिक सम्पदाको संरक्षण गर्नुपथ्र्यो ।”

स्थानीय वीरबहादुर बुढा मगरले बाउबाजेले बर पिपल रोपेर चौपारी बनाउँदा पुण्य कमाइने मान्यता राखेको र आफूहरुले पनि त्यस्तै गर्दै आएको भए पनि अहिले त्यो चलन हराएको बताउनुभयो । गाउँका हरेक पाका पुराना मान्छेले अहिले पनि त्यो चलनलाई निरन्तरता दिए पनि नयाँमा त्यो सोँचनै नभएको उहाँको भनाइ छ । तीन वर्ष अगाडिसम्म आफ्नो गाउँको विभिन्न ठाउँमा ११ वटा चौपारी र चार वटा सार्वजनिक ढुङ्गे धारा रहेकोमा अहिले सबै सडकले पुरिदिएको बताउनुभयो । सडक निर्माण गर्दा आफूले संरक्षण गर्न बने पनि कसैले नसुनेको बुढा मगरले गुनासो गर्नुभयो ।

उहाँ भन्नुहुन्छ “अहिलेका पुस्तालाई विकास चाहिएको छ, घर–घरमा सडक चाहियो, धारा चाहियो, सबैथोक चाहियो, तर सार्वजनिक ठाउँमा भएको सबै विनाश गर्ने परिपाटी भयो, बर पिपल लगाउनु त राम्रो कुरा हो नि, पाटी पौवा पनि राम्रो हो, मान्छे स्वार्थी बने, धर्मकर्म मान्न छोडे, विकासका नाममा सबै विनाश गर्न थाले, हामीहरुले बटुवाका लागि पानी खान कुवा संरक्षण गर्‍यौँ, ढुङ्गे धारो बनायौँ, अहिले त सबै धत्काई दिए ।”तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पूर्वाधार निर्माण गर्दा मौलाक सम्पदालाई संरक्षण हुने गरी काम गरिरहेको बताउनुभयो ।

अहिले पनि तमान खोलाका ठाउँ–ठाउँमा वर्षौँ पुराना मौलिक सम्पदा रहेको भन्दै गाउँपालिकाले पनि तिनीहरुको संरक्षणमा जोड दिएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ । आधुनिकतालाई अगाल्नुका साथै मौलिक सम्पदाको प्रवद्र्धन र संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ । गाउँपालिकाले पुराना मौलिक सम्पदाको पुन:निर्माणमा समेत ध्यान दिएको बुढा मगरले बताउनुभयो । रासस