४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

बुधबार शेयर बजारमा सामान्य करेक्सन, नेप्से परिसूचक २ हजार ६७१.६१ विन्दुमा झरेर बन्द

बुधबार शेयर बजारमा सामान्य करेक्सन, नेप्से परिसूचक २ हजार ६७१.६१ विन्दुमा झरेर बन्द
अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ०.११ प्रतिशतले घटेर २.८५ अंकमा झरेको छ । आजको दिन शेयर बजारमा सामान्य करेक्सन देखिएको हो। यता सेन्सेटिभ इन्डेक्स भने ०.६२ अंक बढेर ४७६.८० विन्दुमा पुगेको छ । 

यस दिन २ हजार ६७१.६१ विन्दुमा झरेर बन्द भएको बजारमा रू. ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.०२ प्रतिशतले बढेको हो भने व्यापारिक समूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशतले घटेको हो ।

यो दिन व्यापारिक समूहसँगै जलविद्युत् समूहको १.२४ प्रतिशत, निर्जीवन बीमा समूहको १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.४ प्रतिशत, अन्यको ०.८९ प्रतिशत, जीवन बीमाको ०.६२ प्रतिशत र लगानी समूहको १.६६ प्रतिशत परिसूचक घटेको छ । 

होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढ्दा लघुवित्तको २.१६ प्रतिशत, विकास बैंकको १.५ प्रतिशत, बैंकिङको ०.२९ प्रतिशत, वित्तको ०.०८ प्रतिशत र म्युचुअल फण्डको ०.३३ प्रतिशत परिसूचक बढेको छ । सामान्य करेक्सन भएको बुधबारको बजारमा पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

महिला लघुवित्तको सर्वाधिक ९.९९ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९८ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९.९८ प्रतिशत, रिलायन्स फाइनान्सको ९.८४ प्रतिशत र यूनिभर्सल पावरको ९.७० प्रतिशत मूल्य वृद्धि भएको हो । 

यसदिन महिला लघुवित्तको प्रतिकित्ता रू. ८४ ले बढेर अन्तिम मूल्य रू. ९२५, चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. २३४ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५७८, एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता रू. ११६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २७८, रिलायन्स फाइनान्सको प्रतिकित्ता रू. २५ ले बढेर अन्तिम मूल्य रू. २७९ र यूनिभर्सल पावरको प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. १८१ कायम भएको छ । 

यसदिन रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३० ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ३८३ कायम भएको हो ।

यस दिन सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर कारोबार भएको छ । यस बैंकको रू. २७ करोड ६३ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य भने २.३१ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. १३ ले घटेर कम्पनीको अन्तिम मूल्य रू. ५९२ कायम भएको हो । यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंककाको शेयरमूल्य न्यूनतम रू. ५९१ देखि अधिकतम रू. ६१२ सम्म पुगेको थियो ।