१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार शेयर बजारमा सामान्य करेक्सन, नेप्से परिसूचक २ हजार ६७१.६१ विन्दुमा झरेर बन्द



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ०.११ प्रतिशतले घटेर २.८५ अंकमा झरेको छ । आजको दिन शेयर बजारमा सामान्य करेक्सन देखिएको हो। यता सेन्सेटिभ इन्डेक्स भने ०.६२ अंक बढेर ४७६.८० विन्दुमा पुगेको छ । 

यस दिन २ हजार ६७१.६१ विन्दुमा झरेर बन्द भएको बजारमा रू. ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार होटल्स तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६.०२ प्रतिशतले बढेको हो भने व्यापारिक समूहको परिसूचक सर्वाधिक ३.९४ प्रतिशतले घटेको हो ।

यो दिन व्यापारिक समूहसँगै जलविद्युत् समूहको १.२४ प्रतिशत, निर्जीवन बीमा समूहको १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.४ प्रतिशत, अन्यको ०.८९ प्रतिशत, जीवन बीमाको ०.६२ प्रतिशत र लगानी समूहको १.६६ प्रतिशत परिसूचक घटेको छ । 

होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढ्दा लघुवित्तको २.१६ प्रतिशत, विकास बैंकको १.५ प्रतिशत, बैंकिङको ०.२९ प्रतिशत, वित्तको ०.०८ प्रतिशत र म्युचुअल फण्डको ०.३३ प्रतिशत परिसूचक बढेको छ । सामान्य करेक्सन भएको बुधबारको बजारमा पाँच ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

महिला लघुवित्तको सर्वाधिक ९.९९ प्रतिशत, चन्द्रागिरी हिल्सको ९.९८ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९.९८ प्रतिशत, रिलायन्स फाइनान्सको ९.८४ प्रतिशत र यूनिभर्सल पावरको ९.७० प्रतिशत मूल्य वृद्धि भएको हो । 

यसदिन महिला लघुवित्तको प्रतिकित्ता रू. ८४ ले बढेर अन्तिम मूल्य रू. ९२५, चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. २३४ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५७८, एनआईसी एशिया लघुवित्तको प्रतिकित्ता रू. ११६ ले बढेर अन्तिम मूल्य रू. १ हजार २७८, रिलायन्स फाइनान्सको प्रतिकित्ता रू. २५ ले बढेर अन्तिम मूल्य रू. २७९ र यूनिभर्सल पावरको प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. १८१ कायम भएको छ । 

यसदिन रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको शेयरमूल्य भने सर्वाधिक ७.२६ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३० ले घटेर कम्पनीको अन्तिम शेयरमूल्य रू. ३८३ कायम भएको हो ।

यस दिन सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर कारोबार भएको छ । यस बैंकको रू. २७ करोड ६३ लाख २५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन कम्पनीको शेयरमूल्य भने २.३१ प्रतिशत घटेको छ । प्रतिकित्ता रू. १३ ले घटेर कम्पनीको अन्तिम मूल्य रू. ५९२ कायम भएको हो । यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंककाको शेयरमूल्य न्यूनतम रू. ५९१ देखि अधिकतम रू. ६१२ सम्म पुगेको थियो ।