८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

मन्त्रीलाई राजदूतको गलत ब्रिफिङ्, विपीन जोशीको अवस्थाबारे खेलाँची

मन्त्रीलाई राजदूतको गलत ब्रिफिङ्, विपीन जोशीको अवस्थाबारे खेलाँची
अ अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री एन पि साउदलाई इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले गलत ब्रिफिङ गरेको पाइएको छ ।

राजदूत रिजालले गए राति मन्त्री साउदलाई फोनमा विपीन जोशीको अवस्था सकुसल रहेको र उनी हमासको नियन्त्रणमा रहेको भन्दै उनको रिहाइका लागि पहल गर्ने जनाएकी थिएन ।

सोही आधारमा आजका प्राय: सबैजसो सञ्चारमाध्यममा जोशी हमासको नियन्त्रणमा सकुशल रहेका समाचार आएको छ । तर आज बिहान अकस्मात इजरायलस्थित नेपाली दूताबासले फेरि यसको उल्टो विज्ञप्ति निकालेको छ । सो विज्ञप्तिमा जोशीको अवस्था अज्ञात नै रहेको जनाइएको छ ।

मन्त्री साउद आज कञ्चनपुरमा रहेका र उनले पत्रकार सम्मेलन गरेर जोशी सकुशल रहेको जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्ने तयारीमा थिए । तर उनले उता पत्रकार सम्मेलनको आयोजना गर्दै गर्दा यता दूताबासको यस्तो विज्ञप्ति आएको छ । यो विज्ञप्तिपछि मन्त्रीले हिजो गरेको ब्रिफिङ र आजको विज्ञप्ति किन फरक आयो भनेर राजदूतलाई थप सोध्नु भनेका छन् ।

उता आइतबार रातिमात्रै इजरायली डिफेन्स फोर्स, आइडिएफले विपिन जोशी हमासको बन्धकमा रहेको जानकारी गराउँदै तेल अभिवस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ । दूतावसाले विज्ञप्ति प्रकाशन गरेर यसको पुष्टि गरेको छ ।

आइडिएफको दाबी र दूतावासको विज्ञप्तिलाई आधार मान्दा हमासले घाइते अवस्थामा अस्पताल लगिएको नेपाली विपिन जोशी हुनसक्ने आकलन गरिएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भिडिओमा देखिएको दृश्यबारे बुझ्ने प्रक्रियामा रहेको बताइन् । अहिलेसम्म विपिन जोशीको अवस्था केहो भन्नेबारे कुनै भेउसमेत नपाएको अवस्थामा उक्त भिडिओले केही आशा जगाएको उनले बताइन् ।

https://twitter.com/IDF/status/1726319791865016493