२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

राष्ट्रिय क्रिकेट टोलीले लगायो कोभिड विरुद्धको खोप

राष्ट्रिय क्रिकेट टोलीले लगायो कोभिड विरुद्धको खोप
अ अ+ अ-

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले आज कोभिड १९ विरुद्धको खोप लगाएका छन् । नेपाल सरकारले दोश्रो चरण अन्तर्गत व्यवस्था गरेको कोराना विरुद्धको राष्ट्रव्यापी अभियान अन्तर्गत यो खोप लगाएका हुन । उनीहरुले आज अपरान्ह काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर स्थित खोप केन्द्रमा पुगेर खोप लगाएका हुन ।

 
जिल्ला जनस्वास्थ्य काठमाडौंको पहल तथा ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा संचालित खोप कार्यक्रममा आज खोप लगाउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुमा पूर्व कप्तान पारस खड्का, क्याप्टेन ज्ञानेन्द्र मल्ल, खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, विनोद भण्डारी, मोः आरिफ शेख, करण के।सी।, सुशन भारी, अविनाश वोहोरा, कमल सिंह ऐरी, ललित नारायण राजवंशी, लोकेश बहादुर बम, कुशल मल्ल, सन्दिप जोरा, दिपेन्द सिंह ऐरी, कुशल भुर्तेल, मोः असिफ शेख, शाहव आलम, पवन शराफ लगायतले चिन सरकारबाट प्राप्त भेरो सेल खोप लगाएका हुन । 
नेपाल सरकारले १८ देखि ५९ बर्ष उमेर समूहलाई लक्षित गरी चलाएको खोप अभियानमा यस पटक युवाहरुलाई विशेष प्राथमिक्तामा राखिएको छ । जसमा खास गरी उच्च शिक्षाका लागी चीनका विश्वविद्यालयमा अध्य्यन गर्न जाने तथा चीनबाट अध्य्यन गरी नेपाल फर्किएका र नेपालर्म बसोबास गर्नेहरुलाई समेत प्राथमकतामा राखिएको छ । 
त्यसैगरी नेपालमा रहेर कामकाज गरीरहेका चीनिया नागरीकहरु, आयात निर्यातको व्यवसाय संचालन गर्ने व्यापारीहरु पर्यटन व्यवसायी तथा हिमाल आरोहण गर्ने पर्वतारोहीहरुलाई विशेष ग्राहयता दिने बताएको छ । 
शिक्षक, शिक्षिका तथा होटल व्यवसायी तथा मजदूरहरु, फलफुल तथा तरकारी व्यवसायी, विज्ञापन व्यवसायी, इन्टरनेट सेवा प्रदायक संगै लगायतकालाई पनि यसै चरण अन्तर्गत खोप दिने सरकारको तयारी छ । 
पहिलेका खोप कार्यक्रममा कारणवस सहभागी हुन नसकेका तथा छुटेकाहरुले समेत खोप लिन सक्ने बताईएको छ । 
राष्ट्रिय क्रिकेट टोलीलाई ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत तथा मेडिकल डाईरेक्टर डा. हरिश जोशीले स्वागत गर्नु भएको थियो । 
ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको राष्ट्रिय गौरव वोकेका खेलाडीहरुका लागी ॐ हस्पिटलको तर्फबाट साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
ॐ हस्पिटलका मेडिकल डाईरेक्टर डा. हरिश जोशीले ॐ हस्पिटलले नेपाली खेल क्षेत्र र खेलाडीहरुको हितमा विगत देखिनै सेवा पु¥याउदै आएको स्मरण गर्दै ॐ हस्पिटलका क्रिकेट टोलीलाई ॐ अस्पतालमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनु भयो ।