२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन

म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनवत्तीसहित प्रदर्शन
अ अ+ अ-

काठमाडौ । शान्तिवादीहरुले आँखा -निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर चैत २५ गते साँझ काठमाण्डौ बौद्धमा प्रदर्शन गरेका छन् । म्यानमार (बर्मा)का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा साँझ ६ः३० देखी ७ बजेसम्म बौद्धनाथ अगाडि आयोजित प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा, अधिकारकर्मीहरु दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीहरुको सहभागिता थियो ।

प्रदर्शनमा सहभागिहरुले बर्मा ः नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा गोकर्णेश्वर न.पा.का उपमेयर शान्ति नेपाल, वडा अध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाउनुभएको थियो । 

यसैगरी चैत २५ गते साँझ शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेका छन् भने चैत २४ गते शान्ति समाजका रौतहट र बाजुरा शाखाले प्रदर्शन गरेका थिए ।

बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ र विभिन्न जिल्लामा २० भन्दा बढी प्रदर्शनहरु आयोजना गरिसकेको छ ।  

यस्तै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा काठमाडौं जोरपाटीस्थित शुभसहयोग सहकारी संस्थाको सहयोगमा २०७७ चैत्र २३ गते काभ्रे जिल्लाको चौंरी देउराली गाउँपालिका स्थित फडिम भन्ज्याङ्गमा रहेको ज्वालादेवी आधारभूत बिद्यालयमा अध्ययनरत झण्डै १०० बिद्यार्थीहरुका लागि ८० हजार मुल्यको स्टेशनरी सामग्री बितरण गरिएको छ ।

शान्ति समाजका केन्द्रिय महासचिव रामकृष्ण बरालले संयोजन गरेको सहयोग वितरण कार्यक्रममा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, काठमाडौं शाखा का.वा सभापति नानिकाजी गिरी, काठमाण्डौ शाखा पूर्व सभापति उद्धब रायमाझी,सदस्यहरु भगवान पुडासैनी र सुरज बोहोरा, ज्वालादेवी विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष उत्तर बहादुर तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।