२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन…

बढ्दै प्रदूषणः गम्भीर असर गर्ने खतरा

बढ्दै प्रदूषणः गम्भीर असर गर्ने खतरा
अ अ+ अ-

काठमाडौं । नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पुर्याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।

भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेको वातावरण विभागको वायु गुणस्तर अवलोकन प्रणालीले जनाएको छ । बुधबार बिहानदेखि मध्यान्हसम्म वातावरण थोरै उज्यालियो । अपरान्हपछि उस्तै गाढा बन्न पुग्यो । यस्तै अवस्था कायम रहे मानिस घरभित्रै बसे पनि सुख पाउनेछैनन् । भित्रै बस्दा पनि आँखा पोल्ने जस्ता समस्यासँगै बालबालिका र ज्येष्ठ नागरिकमा समस्या पर्न थालेको काठमाडौँवासी बताउँछन् ।

सिमरा, भरतपुर पोखरालगायतका स्थानमा वायु प्रदूषण उच्च बन्दै गएको छ । वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले हरेक दिन दिउँसो केही कम प्रदूषण देखिए पनि आगामी दिनमा प्रदूषण थप बढ्ने बताए । उनका अनुसार यसै विषयमा वन तथा वातावरण मन्त्रालयमा थप छलफल भएको छ । सोमबार एकै दिन देशका आठ सय स्थानमा डढेलो लागेको थियो । आइतबार ७२८ स्थानमा डढेलो लागेको थियो । मङ्गलबार अपराह्न केही घटेको डढेलो बुधबार बिहान फेरि बढेको छ । गोरखापत्र दैनिकमा समाचार छ ।