• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेको गुनासो: सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ★   मधेश प्रदेश: जसपा नेपाल नेतृत्वको सरकार ढल्यो, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत ★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन ★   बजेटले अर्थतन्त्रलाई थप गति दिन्छः अर्थमन्त्री पुन ★   समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ ★   ‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी

बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते



बैतडी । दोगडाकेदारमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार–३ गाउँपालिका–८ कालागाउँका ३५ वर्षीय अम्मर विष्ट रहेका खोचलेक प्रहरीचौकीका इञ्चार्ज नवलसिंह भाटले जानकारी दिनुभयो । विष्टको घटनास्थलमै मृत्यु भएको थियो ।

कालागाउँबाट सिल्लेगडातर्फ आउँदै गरेको से १ ज ६०३ नम्बरको जीप आज दोगडाकेदार–३ घोडेधार नजिकै दुर्घटनामा परेको हो । कच्ची र उकालो नचढ्दा ब्याक भएर दुर्घटनामा परेको दुर्घटनाग्रस्त जीपमा सवार लोकबहादुर विष्टले बताउनुभयो ।

यस्तै कालागाउँकै ३० वर्षीया कलावती विष्ट, सोही ठाउँका ४५ वर्षीया हिरा विष्ट, चार वर्षीय रियाग विष्ट, सात वर्षीया सुशीला विष्ट र ६० वर्षीय पद्म विष्ट घाइते भएका छन् ।

घाइतेमध्ये कलावती र हिराको अवस्था गम्भीर रहेको बैतडी प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ भने अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस