४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमल ओलीलाई मातृशोक



अ+ अ-

काठमाडौँ । गायिका कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा ललितपूरस्थित अल्का अस्पतालमा निधन भएको हो ।

ओलीको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । उनी हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडिदेखि बिमार थिईन् ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीत निकै चर्चामा थियो । उक्त गित छोरी कोमल ओलीले नै गाएकी थिईन् । उनको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।