१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोमल ओलीलाई मातृशोक



अ+ अ-

काठमाडौँ । गायिका कोमल ओलीलाई मातृशोक परेको छ । उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा ललितपूरस्थित अल्का अस्पतालमा निधन भएको हो ।

ओलीको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् । उनी हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडिदेखि बिमार थिईन् ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीत निकै चर्चामा थियो । उक्त गित छोरी कोमल ओलीले नै गाएकी थिईन् । उनको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।