८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

झोलुङ्गे पुलको समेत सामान चोरी

झोलुङ्गे पुलको समेत सामान चोरी
अ अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् । पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन् ।

गत वर्षको भदौमा नदीमा आएको बाढीले रु तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो । नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ । पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ । खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मङ्गलप्रसाद चौधरीले बताउनुभयो ।

“दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्”, उहाँले भन्नुभयो, “सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।”

“पुलका सामान चोरी हुन थालेकाले जोगाउनका लागि पहल गर्नका लागि नगरप्रमुखसँग सम्पर्क गरी कुरा राख्दा वडा कार्यालयलाई देखाउने गरेका छन्”, स्थानीय रति रानाले भन्नुभयो– “आधा सामान चोरी भइसकेका छन् ।” वडाध्यक्ष नवलसिंह राना नदीमा खसेको पुलका सामान जोगाउनका लागि खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नरहेको बताउनुहुन्छ ।

“वडा कार्यालयकै पहलमा पुलको दक्षिणी क्षेत्रतर्फको भाग मजदुर लगाएर खोलेर सुरक्षित राखेका छौँ”, उहाँले भन्नुभयो, “पुल खोल्ने कार्यमा संलग्न मजदुरलाई अहिलेसम्म ज्याला भुक्तानी हुनसकेको छैन, ज्यालाका लागि नगरपालिकामा लेखी पठाए पनि रकम आउन सकेको छैन ।” उहाँका अनुसार पुलको आधाभन्दा बढी भाग नदीमै खसेको अवस्थामा छ । पुलका सामान खोल्न रु रुतीन लाख रकम लाग्ने रानाले बताउनुभयो । पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहरदोहर गर्दै आएका छन् । अस्थायी काठेपुल तरेबापत स्थानीयले स्थानीय विपद् समितिलाई शुल्कसमेत बुझाउने गरेका छन् । रासस