३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

टिकटकको दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र ,विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्ध कार्य

टिकटकको दूरसञ्चार प्राधिकरणलाई सात बुँदे पत्र ,विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्ध कार्य
अ+ अ-

काठमाडौं । टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विचार र अभिव्यक्तिको स्वतन्त्रको विरुद्धमा रहेको टिकटकले जनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई १३ अक्टोबरमा पत्र एक पत्र लेख्दै पर्याप्त आधार बिना नै सरकारले अनुचित रुपमा टिकटक बन्द गरेको उल्लेख गरेको छ।

टिकटकको दक्षिण एशियाका लागि सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने प्रमुख फर्डोस मोटाकिनले पठाएको पत्रमा नेपाल सरकारका हरेक चासोहरूलाई सम्बोधन गर्न आफूहरू तयार रहेको उल्लेख छ। टिकटक बन्द गर्ने निर्णयले आफूहरू आश्चर्यमा परेको उल्लेख छ।

सरकारले २७ कात्तिकमा सामाजिक सद्भाव र वातावरणमा खलल पुर्याउन भूमिका खेलेको जिकिर सहित टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

टिकटकले सन् २०२२ को अक्टोबरदेखि गत जुन महीनासम्ममा टिकटकको सामुदायिक गाइडलाइन उल्लंघन गरेका २९ लाख ८० हजार भिडिओहरू स्वतस्फूर्त रुपमा नेपालमा आफ्नो प्लेटफर्मबाट हटाएको पत्रमा उल्लेख गरेको छ। त्यसैगरी, २९ अगष्टमा टिकटक डिजिटल सेवा करदाताको रुपमा दर्ता भइसकेको पनि उसले पत्रमा उल्लेख गरेको छ।

टिकटकले नेपालमा संयुक्त रूपमा नेपालमा इन्टरनेट सुरक्षा सचेतना अभियान सञ्चालन गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग समझदारी गरेको, ३ नोभेम्बरमा गृह मन्त्रालयको साइबर क्राइम नियन्त्रण र साइबर सुरक्षासम्बन्धी समितिमा आफ्नो कार्यसम्पादनको प्रगति, सरकारसँगको सहकार्यको विषय प्रस्तुत गरेको पनि पत्रमा उल्लेख गरेको छ।

टिकटकले नेपाल सरकारसँग भविष्यमा निरन्तर सहकार्य गर्न र आवश्यक चासोहरू सम्बोधन गर्न तयार रहेको पनि जनाएको छ।

टिकटकको  पत्र

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/11/TikTok-Letter-to-Government-of-Nepal1-1700147835.pdf”]