५ श्रावण २०८३, मंगलवार
,
Latest
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हतियार प्रहारबाट युवक घाइते



अ+ अ-

जानकी । बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् ।

विकलाई आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ । रासस




भर्खरै