२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा जुवा खेल्ने ४२ जना पक्राउ



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी रु तीन लाख पाँच हजार भन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिनुभयो ।

जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट रु दुई लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट रु २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ ।

“हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सुक्ष्म रुपमा नियाली रहेका छौँ”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो–“पक्राउ परेकालाई जुवा ऐनअन्र्तगत कारबाही गर्छौँँ ।” प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ । रासस