• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल

टिकटक बन्दमा सबै दलको सहमति भन्ने प्रधानमन्त्रीको भनाई भ्रमपूर्ण: रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले टिकटक बन्द बारे प्रधानमन्त्रीले भ्रमपूर्ण अभिव्यक्ति दिएको जनाउनु भएको छ ।

मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिएर निर्णय गरेको बताउनु भएको थियो।

प्रधानमन्त्रीको अभिव्यक्ति भ्रमपूर्ण भएको भन्दै लामिछानेले त्यसको प्रतिवाद गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो।

म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छदै छैन। प्रधानमन्त्री ज्युले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

तस्बिर- रमेश गिरी:रासस