२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँबाट जुवा खेलिरहेका १७ जना पक्राउ



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिषर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट आज रु चार लाख तथा कौडा र ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुमोध ढुङगानाका अनुसार साँखु प्रहरी प्रभावबाट खटिएको टोलीले सङ्खरापुर नगरपालिका–१ नाङलेभारेको दुई ठाउँबाट १७ जनालाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको छ । उनीहरुको साथबाट रु एक लाख १७ हजार नगद बरामद भएको उहाँले बताउनुभयो ।

यसैबीच, तिहार लक्षित सुरक्षा योजनाअनुरुप मादकपदार्थ सेवनका कारण हुनसक्ने दूर्घटना न्यून गर्न पूर्वनिर्धारित कार्ययोजना अनुरुप जाँच भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
रासस