८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग

लक्ष्मी पूजाको दिन गतवर्षभन्दा बढी विद्युत् माग
अ+ अ-

काठमाडौँ : यस वर्षको तिहारको लक्ष्मी पूजाको दिन देशभित्रको विद्युत् माग एक हजार चार सय ३८ मेगावाट अभिलेख गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको दिन आइतबार साँझ ६ बजे माग गत वर्षको तुलनामा एक सय ३३ मेगावाटले बढेको जनाएको छ ।

गतवर्षको कात्तिक ७ गते परेको लक्ष्मी पूजाका दिनको विद्युत् माग एक हजार तीन सय पाँच मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएकाले यो अभिलेख औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले उच्च माग एक हजार तीन सय ५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

लक्ष्मी पूजाको दिनको माग देशभित्रैका विद्युत् गृहबाट उत्पादन गरी आपूर्ति गरेको थियो । देशभित्रको विद्युत् मागलाई पूरा गरी बचत भएको पाँच सय १७ मेगावाट विद्युत् उच्च माग भएको समयमा भारततर्फ निर्यात गरिएको छ ।

गतवर्ष लक्ष्मी पूजाको उच्च माग भएको समयमा चार सय छ मेगावाट मात्र निर्यात गरिएको थियो । लक्ष्मी पूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग एक हजार नौ सय ५५ मेगावाट अभिलेख गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लक्ष्मी पूजाको दिन विद्युत् विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिन उपकार्यकारी निर्देशकहरुको टोलीसहित स्यूचाटारस्थित भार प्रेषण केन्द्रको कन्ट्रोल रुममा जानुभएको थियो ।

कार्यकारी निर्देशक घिसिङले सात वर्षअघि लक्ष्मी पूजाको दिनको माग पूरा गर्न दुई सय ५४ मेगावाट आयात भइरहेकोमा अहिले आन्तरिक उत्पादनले नै धानेर बचत भएको विद्युत् निर्यात गर्ने अवस्थामा पुग्नु ऊर्जा क्षेत्रमा ऐतिहासिक फड्को भएको बताउनुभयो । उहाँले गतवर्षभन्दा लक्ष्मी पूजाको दिन उच्च माग १० प्रतिशत बढ्नु सकारात्मक रहेको उल्लेख गर्नुभयो । रासस

तस्बिर : हरिराम भेटुवाल/रासस