९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकटक प्रकरण: टुइटर फेसबुक पनि प्रतिबन्ध हुनसक्छ- राप्रपा अध्यक्ष लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको भन्दै स्वीकार नगर्ने बताउनु भएको छ ।

सरकारको निर्णय पछि अध्यक्ष लिङ्देनले सामाजिक संञ्जाल मार्फत बिरोध जनाउदै कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिने जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटक माथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ। यो निर्णय निरंकुशताको बाटो हो।

कुनैपनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ। तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न।

आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिन्छ। टिकटक माथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्छ।