८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी

इजरायल घटनाले चुँडिएको मन: विदेसिने सपना त्यागेर गाउँमै खेती

इजरायल घटनाले चुँडिएको मन: विदेसिने सपना त्यागेर गाउँमै खेती
अ+ अ-

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनमा अध्ययनरत अमन मेहता पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल जाने सोचमा थिए ।

पढाईसँगै राम्रो आम्दानी हुने आशमा इजरायलको सपना देख्दै आएका मेहता इजरायल घटनापछि भने हच्किएका छन् । पढ्दै सिक्दै कार्यक्रम अन्तर्गत इजरायल पुगेका अग्रज सहितका साथी गुमाउनु पर्दा अमनको मन मात्रै चुडिएको छैन, वर्षौं देखिको उनको सपना समेत तुहिएको छ । पढ्दापढ्दै इजरायल गएका साथीहरुले आतंकवादी आक्रमणमा ज्यान गुमाउनुपरेको घटनापश्चात भने अमनले सोच बदलेका छन् । सपना त्यागेका छन् ।

विदेश नजाने निधोमा आफुलाई पुर्‍याएका छन् । उनी भन्छन्, ‘चाहेको भए म पनि इजरायल पुगेको हुने थिएँ । साथीभाई जाँदा मैले स्थानीय स्तरमै अनुसन्धान गर्छु र सकेर मात्र जान्छु भनि विदेसिने समयलाई पछि सारेको थिए । के हुन्थ्यो हुँदैन थियो कसलाई के थाहा । उनी गुमाउनुपरेका साथीभाई सँगको अध्ययन गर्दाताकाको पल सम्झेर भक्कानिन्छन् । ’

इजरायल घटनापछि मन चुडिएको बताउने अमन अब विदेसिने आफ्नो सपना सपनामै सिमित भएको बताउँछन् । उनी भन्छन्, ‘अब स्वदेशमै खेतीपाती गर्नेछु । रामपुरमा सिकेको ज्ञानलाई गाउँघरमै ब्यवहारिकतामा उतार्दै स्वदेशमै श्रम बगाउँछु । गाउँमै बसेर आर्थिक उपार्जनको बाटो खोज्नेछु । ’

हुनत: हरिनगर ३ गौतमपुर घर भएका अमन मेहताले कृषि विज्ञान अध्ययन थाल्दै गर्दा खेतीबाली लगाउन थालिसकेका थिए । त्यसबेला अनुसन्धान तथा सिकाईका रुपमा अघि बढाएको उक्त कार्यलाई अब भने उनी व्यवसायिक खेतीका रुपमा अंगाल्ने अठोटसाथ अघि बढेका छन् । गाउँमै खोलेको एलिसा कृषि फर्मलाई दीर्घकालिन रुपमा अघि बढाउने सोचमा उनी पुगेका छन् । घरमै खोलिएको कृषि फर्मलाई अमनका बुबा रामेश्वर मेहतासहित सिङ्गो परिवारले साथ दिएको छ । पछिल्लो घटनाक्रम पश्चात त अझ छोरो घरमै बसोस् र गाउँघरमै काम गरेर कमाओस् भन्नेमा पुगेको छ, अमनको परिवार ।

अमनले कृषि फर्ममा यतिबेला सयपत्री फूल फुलाएका छन् । ड्रागन फल फलाएका छन् । ५ कट्ठा क्षेत्रफलमा ड्रागन फलसहित सयपत्री लगाएका अमन यही कृषि पेशालाई अघि बढाउने तयारीमा पुगेका छन् । आफू अध्ययनकै क्रममा रहेको र विदेसिने सोचमा रहँदा थोरै जग्गामा गरेको खेतीलाई अब भने बिस्तार गर्ने सोचमा रहेको अमनले बताए । उनले विदेशिने सोच बदेलेर स्वदेशमै काम गरी कमाउने उद्देश्यसाथ लागिपर्ने आफ्नो योजना रहेको बताए ।

स्वदेशमै रोजगारी गर्ने वातावरण सरकारले मिलाउन नसकेकोप्रति चिन्तित युवा किसान अमनले कृषि नीतिमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको औंल्याए । सरकारले किसानको हकहीतमुखी योजना लागू गर्नसके स्वदेशमै खेती किसानी गर्नेलाई राहत मिल्ने र व्यवसायिक रुपमा कृषि क्रान्ति सम्भव हुने धारणा राखे ।