८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ: प्रधानमन्त्री दाहाल

जनयुद्धलाई कसैले दबाउन सक्दैन, चिहानबाट फेरि उठ्छ: प्रधानमन्त्री दाहाल
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताउनुभएको छ ।

बिहीवार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजेपनि पटक–पटक उठिराख्ने बताउनुभएको छ । उहाँले जनयुद्धलाई दबाइए चिहानबाट भएपनि फेरि उठ्ने बताउनु भयो । उहाँले हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले एकछिन दबाए पनि फेरि उठ्ने बताउनु भयो ।

प्रधानमन्त्री दाहालले उहाँले आफूले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर अरु कुनै प्रधानमन्त्रीले पनि गर्न नसकेको काम गरेको बताउनु भयो । पृथ्वीनारायण शाहले आधुनिक नेपाल निर्माणमा भुमिका खेलेको भन्दै उहाँले उहाँको सो भुमिकालाई सम्मान गर्नु कर्तव्य हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले यो पटक प्रधानमन्त्री भएपछि पृथ्वी जयन्तीको दिनलाई पनि बिदा दिने निर्णय गराएँ । मानिसहरुलाई त के गर्‍यो प्रचण्डले भन्ने पनि लाग्छ । तर नेपालको इतिहासमा त्यो ऐतिहासिक परिघटना थियो । जसले आधुनिक नेपाल निर्माणको प्रक्रियामा एउटा कोशेढुंगाको भुमिका खेल्यो । हामी ऐतिहासिक भौतिकवादी हुनुका नाताले भौतिक ढंगले त्यसलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो भन्ठानेर मैले । अरुले सकेका थिएनन् । धरै भए प्रधानमन्त्री शान्ति सम्झौतापछि । कुरा त गर्थे तर कसैले आँट गरेका थिएनन् । मैले आँट गरे । यो आँट गरेकोमा सबैले ठिकै माने कसैले बिरोध गरेनन् । तर मैले अर्को पनि गरेँ जनयुद्ध दिवस भनेर त्यसको चाहीँ अहिले निकै ठुलो टिका टिप्पणी हुने गरेको छ ।’

‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एकखालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ नै हो । त्यसलाई अहिले जति दबाउन खोजेपनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ । त्यो चिहानबाट फेरी उठ्छ । किनभने हजारौँ मान्छेहरुले आफूखुशी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एक्छिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । कार्ल माक्र्सले भन्नुभएको थियो, महान उद्देश्यको निम्ति सर्मपित भएर त्याग गर्ने सहिदहरु कहिल्यै मर्दैनन् । अहिले एकछिन दबाइएर चिहानमा पुरिएपनि चिहानाट फेरि ति जाग्छन् । र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउँछन् । ति हजारौँ सहिदहरु कहिल्यैपनि दबिने छैनन् ।’

प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको बिद्रोह र पहलकदमी भएको उल्लेख गर्नुभयो । उहाँले जनयुद्धको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी रहेको भन्दै समयक्रममा यसको आधिकारिकक र प्रमाणिक व्याख्या हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अहिले जनयुद्धलाई विद्रुपिकरण गरेर निरंकुशतालाई अगाडी ल्याउने जमर्को भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जनयुद्धको दर्शन, त्यसभित्र लिइएका रणनीति, अभ्यासहरु, नीतिहरु, त्यतिबेला हामीले अपनाइएका कार्यशैलीहरु, आचारसंहिताहरु, त्याग, तपस्याहरु, हामीले त कुनै तलव, भत्तामा होइन । भएको सम्पतिहरु पनि सकेर सम्पूर्ण रुपले राष्ट्र र जनताको निम्ति यो देशका सबै महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु सबै सबैको पहिचान र अधिकारको निम्ति आफू बरु मेटिने जतालाई सबैलाई पहिचान र अधिकार चाहियो । समावेशिता, समानुपातिकता चाहियो भन्ने उद्देश्यका साथ उदात्त विचार र भावनासहित गरिएको महान त्याग थियो । पृथ्वीनारायण शाहले राज्य एकिकरणको बेलामा गरे पछिको अर्को ठुलो जनताको तहबाट, जनताको स्तरबाट गरिएको महान विद्रोह र पहलकदमी थियो यो । तर यसको आधिकारिक र प्रमाणिक व्याख्या हुन अझै बाँकी छ । आधिकारिक रुपले यो के चिज हो ? यसभित्र कस्तो विचार, भावना र संस्कारले काम गरेको थियो ? भन्ने कुराको जस्ताको तस्तै स्थापित गर्ने देशभित्र, देशबाहिर त्यो अझै बाँकी छ । यसभित्र अन्तर्निहित उदात्त विचार, भावना र त्यागको महानता, उच्चतालाई होइन यसको विद्रुपिकरण गर्ने । र निरंकुशतालाई अगाडी ल्याउने जमर्कोहरु अझैपनि देखा पर्छन् ।’

प्रधानमन्त्री दाहालले पूर्वउपराष्ट्रपति पुनले पुस्तकमा कतिपय घटनाक्रमहरु सिधा सिधा लेखेको भन्दै त्यसको गलत व्याख्या हुन सक्ने बताउनु भयो । उहाँले पुस्तकमा लेखिएको कतिपय घटनाक्रमहरुको गलत व्याख्या भएमा लेखकको इमान्दारितमा माथि अन्याय हुने बताउनु भयो । उहाँले पुस्तकमा लेखिएको कुरालाई लेखकको पारदर्शिता, इमान्दारिता र निष्ठाको रुपमा बुझ्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘उहाँले कितावमा नलेख्नुपर्ने कुरा पनि अलिअलि लेख्दिइहाल्नुभयो । कतिपय घटनाक्रम जसरी उहाँले भन्नुभएको छ, त्यही भाषामा नभनेर अलिकति घुमाएर भनेको भए हुन्थ्यो जस्तो मलाई पनि लागेको छ । तर उहाँको बानि, व्यहोरा अनुसार उहाँले लेख्नुभएको हो । उहाँको स्वभाव अनुसार लेख्नुभएको छ जस्ताको तस्तै । तर यसलाई कसैले प्ले गर्छु भन्ने सोच्यो भने प्ले गर्न सक्नेपनि हुनसक्छ । तर म सबैलाई के भन्छु भने, सुरक्षामा काम गर्नेपनि, न्यायालयमा काम गर्नेहरुलाई पनि, राजनीतिकालाई पनि । यो उहाँको इमान्दारिता र सरलताको प्रतिक हो । यसलाई कुनैपनि अर्थमा आग्रह र पूर्वाग्रहले हेरिनु हुँदैन । त्यो हेरियो भने अन्याय हुन्छ । सत्यमाथि अन्याय हुन्छ । उहाँको पारदर्शिता, इमान्दारिता र निष्ठालाई त्यही रुपमा बुझिनुपर्छ ।’

कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरुको बारेमा उल्लेख गरिएको बताउनु भयो । उहाँले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको बताउनु भयो । त्यस्तै नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भुमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको उहाँको भनाई छ ।

उहाँले पुस्तकमा जनयुद्धकालमा अध्यक्ष दाहालदेखि अन्य नेताहरु सँगको आफ्नो सम्बन्ध, राजनीतिक भुमिकाहरुको पनि पुस्तकमा चर्चा गरिएको जानकारी दिनुभयो ।