१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुकम्प पीडितलाई हिमालयन बैंकको सहयोग



अ+ अ-

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकुमका भुकम्प पिडितहरुका लागि एकाइस लाख रुपैया बराबरको राहत सामाग्रीको खरिद गरि सहयोग प्रदान गरेको छ ।

गत शुक्रबार २०८० साल कार्तिक १७ गते राति ११:४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट खलंगा र मुसिकोट, पश्चिम रुकमलाई निकै ठूलो जीउ–धनको क्षति पुर्‍याएको हुँदा यस विपद्को समयमा त्यस क्षेत्रका बासिन्दाहरुलाई केही सहयोग वा राहत होस् भन्ने मनसायले बैँकले अत्यावश्यक खाद्यान्न जिल्ला प्रसाशन कार्यालय जाजरकोट / रुकुम पश्चिमलाई हस्तान्तरण गरेको छ ।