२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बिमस्टेक बैठकमा सहभागी भएर गृहमन्त्री गुरुङ आज स्वदेश फर्किँदै News Polar चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु News Polar १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सकियो, अनुमोदनको निर्णय हुन बाकी News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता

गुलियो चिनीको यस्तो छ तितो असर

गुलियो चिनीको यस्तो छ तितो असर
अ अ+ अ-

जब चिनीको भाउ आकासिन्छ वा बजारमा अभाव हुन्छ, त्यसले गृहणीमा चिन्ता पैदा गर्छ ।

उनीहरुलाई लाग्छ, ‘चिनी पाइएन भने कसरी मीठा परिकार बनाउने ?’ चिनी महंगो हुँदा भोजभतेर खल्लो हुने भयो भन्ने गुनासोहरु पनि बेलाबखत सुनिन्छ । सही हो, चिनी स्वादिलो हुन्छ । गुलियो हुन्छ । तर, जिब्रोको लागि गुलियो चिनी स्वास्थ्यका लागि चाहिँ लाभदायक छैन ।

सायद गृहणीहरुलाई यो कुराको वोध हुँदो हो त, ‘चिनी नपाएर खानेकुरा खल्लो हुन्छ’ भन्ने मानसिकता बदलिन्थ्यो होला । हुन त अहिलेको जमानामा चिनीको प्रयोग ठ्याम्मै रोक्नुपर्छ भन्नु उति व्यवहारिक नहोला । तर, चिनी नखाँदैमा स्वास्थ्यमा केही फरक पर्दैन । यो कुरा चाहिँ सबैले थाहा पाउनुपर्छ ।

चिनीले स्वास्थ्यमा के कस्तो समस्या निम्त्याउँछ त ? सोझो असर हेर्न बालबालिकाको दाँत हेरे पुग्छ । चकलेट, आइसक्रिम, मिठाई जस्ता चिनीजन्य खानेकुरा खाने बालबालिका दाँत र मुखको समस्याले ग्रस्त हुन्छन् ।

अहिले त हामी, बालबालिकालाई खुसी पार्न चकलेट दिन्छौं, उपहार पनि चकलेट/मीठाई नै । मायाले दिएका यी खद्यपदार्थले बालबालिकाको स्वास्थ्यमा भने प्रतिकुल असर पर्छ । सानै उमेरमा दाँतमा किरा लाग्नु यसैको नतिजा हो ।

कति अभिभावक त सचेत छन् । सकेसम्म उनीहरु आफ्ना छोराछोरीलाई चकलेट, मिठाइबाट अलग गराउन खोज्छन् । चिनीले बालबालिकामा मात्र होइन, किशोर-किशोरी, वयस्क, बृद्धबृद्धा सबैमा यसको नकारात्मक असर पर्छ । किशोरावस्थामा गुलियो खानेकुरा खानाले नै हो, मोटोपन बढाउने । अहिले कतिपय किशोर-किशोरी अस्वाभाविक मोटाएका हुन्छन् । यिनीहरु जहिले पनि मुटु रोगको जोखिममा हुन्छन् ।

मुटु रोगलाई बिगतमा खानदानी रोग पनि भनिन्थ्यो । संभ्रान्त एवं हुनेखानेलाई मात्र लाग्ने । मीठो मसिनो खाने तर शारीरिक श्रम नगर्नेहरु मुटु रोगका शिकार बन्थे । तर, अहिले गुलियोको अधिकतम प्रयोगले यो सबै वर्गमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संघले केही वर्षअघि मात्र ‘चिनीले स्वास्थ्यमा असर पार्ने’ भनी औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो दश बर्षमा जनस्वास्थ्य विशेषज्ञ, पोषणविद्, दन्त चिकित्सकहरुले भन्दै आएको कुरालाई उसले बल्ल मोहर लगाएको हो ।

विश्व स्वास्थ्य संघले यो पुष्टि गरिरहँदा केही जनस्वास्थ्य विशेषज्ञहरुले ‘२००२ देखि नै खानेकुरामा चिनीजन्य भोजनको मात्रा कम हुनुपर्छ’ भनेर निष्कर्ष निकालिसकेको थियो ।

‘ब्रिटिस मेडिकल पत्रिका’ जनस्वास्थ्यको क्षेत्रमा एक प्रतिष्ठित नाम हो । यसले लेखेको छ, ‘सिधै चिनी खानाले मात्र नभई चिनी हालेका मिठाई, फलफूलका रम, बिस्कुट आदिमा मिसिएको चिनीले पनि दाँतमा किरा लाग्न र मोटोपन बढाउन मद्दत गर्छ ।’ हामीकहाँ मात्र होइन, अमेरिकामा पनि छ यस्तो समस्या । परिणामः छोराछोरीमा मोटोपन लगायतका अनेकौ समस्या पैदा भएको छ ।

यसै विषयलाई लिएर अहिले स्वास्थ्यकर्मीहरु चिन्तित छन् । यसलाई कसरी न्युनिकरण गर्ने भन्ने सम्वन्धमा बहस सुरु भएको छ ।

बट्टाका फलफूलको रस व्यक्तिले पिउनु हुँदैन, किनभने यसमा चिनीको मात्रा धेरै हुन्छ भनेर बारम्बार चिकित्सकहरूले भन्दै आएका छन्। तर प्रायजसो व्यक्ति बट्टामा राखिएको जुस ताजा फलफूलको रसबाट नै बनाएको हुन्छ भन्ने भ्रममा पर्छन् र यस्तो पेयपदार्थ प्रयोग गर्छन्। र, पैसा तिरेर खराब स्वास्थ्य किन्छन्।

हामीले चिनी खान्न भने पनि बिस्कुट, चकलेट, विभिन्न चिसो पेय पदार्थ लगायतका विभिन्न बस्तुमा लुकेकोे चिनी थाहै नपाइकन पनि खाइरहेका हुन्छाैं, जसका बारेमा हामीलाई पत्तै हुँदैन । त्यसले हामी र हाम्रो स्वास्थ्यमा नराम्रो असर पार्दछ ।

कतिपय आमाबाबुले आफ्नो सन्तानलाई घरको दालभात नखाए पनि कमसेकम बट्टाको फलफूल खायो भने त शरीरमा तागत पुग्छ भन्ने ठानेर चिनीले भरिएको फलफूलको झोल दिन्छन्।

ती मातापिताले बुझेका हुँदैनन, यसरी फलफूलको रस भनेर चिनीको झोल दिँदा बच्चाको दाँत सबै खराब हुन्छ। बच्चालाई अस्वस्थ होस्, दाँत बिग्रियोस्, कुपोषण होस्, भविष्यमा मधुमेहको सिकार बनोस्, उच्च रक्तचापको औषधि सेवन गरोस्, सानैदेखि मोटोपन भएर अनेक किसिमको समस्या होस् भन्ने आशिर्वाद दिन चाहनुहुन्छ भने दिनोस् बट्टामा भएको चिनीको फलफूलको रस होइन

आफ्ना छोराछोरीलाई दिने चिनीजन्य पदार्थ कति विषाक्त छ भन्ने कुराको हेक्का राख्नुपर्छ ।