• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

बाबर आजमलाई पछि पार्दै शुभमन गिल बने ‘नम्बर वान ब्याट्सम्यान’, तोडे सचिनको कीर्तिमान



एजेन्सी । एकदिवसीय ब्याट्सम्यानको वरियतामा ठूलो परिवर्तन भएको छ । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा टीम इन्डियाका ओपनर शुभमन गिललाई बम्पर फाइदा भएको छ ।

गिल पाकिस्तानका कप्तान बाबर आजमलाई पछि पार्दै विश्वको नम्बर १ ओडिआई ब्याट्सम्यान बनेका छन् ।

योसँगै बाबर आजमको ९५० दिनको शासन पनि सकिएको छ । शुभमन गिल आईसीसी एकदिवसीय वरीयतामा नम्बर वान ब्याट्सम्यान बन्ने भारतका लागि सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् । यस मामिलामा उनले महान क्रिकेटर सचिन तेन्दुलकरलाई पनि पछि पारे ।

यससँगै टीम इन्डियाका फास्ट बलर मोहम्मद सिराजले पनि पछिल्लो ओडीआई बलरको वरियतामा पहिलो स्थान हासिल गरेका छन् ।

सिराजले शाहिन शाह अफ्रिदीलाई पछि पारे । यो विश्वकपमा भारतीय टोलीको उत्कृष्ट प्रदर्शनपछि ब्याटिङ र बलिङ दुवै ओडीआई शीर्ष स्थानमा परिवर्तन भएको हो ।

गत खेलमा गिलले श्रीलंकाविरुद्ध ९२ रन र दक्षिण अफ्रिकाविरुद्ध २३ रनको इनिङ खेलेका थिए र यस प्रतियोगितामा अहिलेसम्म ६ खेलमा २१९ रन बनाएका छन् । योसँगै विराट कोहली आईसीसी एकदिवसीय ब्याट्सम्यानको वरीयतामा चौथो स्थानमा पुगेका छन् ।