• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन ★   पशुपति क्षेत्र विकास कोष कार्यकारी निर्देशकमा जोशी

राहत व्यवस्थापन कोषबाट भूकम्प प्रभावित जिल्लामा तत्काल ५/५ करोड पठाइने



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको बताउनुभएको छ ।

शनिवार गृह मन्त्रालयमा बसेको सम्बन्धित सरोकारवालासहितको बैठकले सो निर्णय गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले सरकारले घाईतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले घाईते कतिपयलाई स्थानीय अस्पताल र कतिपयलाई आवश्यकता हेरेर सुर्खेत र नेपालगञ्जमा उपचारका लागि पठाइएको बताउनु भयो ।

उहाँले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर रहात वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएको बताउनु भयो । उहाँले भूकम्पका कारण केही सडक अवरुद्ध भएकाले खुलाउने प्रयास जारी रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘घाईतेहरुलाई शिघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेका छौँ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यु त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । उहाँकै निर्देशनमा घाईतेको उपचारको व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको छ । कतिपयलाई स्थानीय अस्पतालमै र कतिपय सुर्खेत, कतिपय नेपालगञ्जमा उपचारको व्यवस्था गरेका छौँ । यहाँ पनि हामीले ट्रमा सेन्टर लगायत कतिपय ठाउँमा आवश्यक परे उपचारका लागि तयार गरेका छौँ । सर्च, रेस्क्यु र रिलिफलाई बनाएका छौँ । त्यसअन्तर्गत हामीले सुर्खेतलाई मुल बेस र सहायक बेस नेपालगञ्ज बनाउने भनेर त्यहाँ आवश्यक जनशक्ति, सरसामग्री र अरु सबै आवश्यक व्यवस्थापन त्यहाँबाट हुने केन्द्र आधार निर्माण गरेका छौँ ।

स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी त्यहाँ जानुभएको छ । अन्य आवश्यक परे स्वास्थ्य मन्त्रालयले तत्काल व्यवस्था गर्ने निर्णय गरिएको छ । शव व्यवस्थापनको लागि विशेष टिम गइसकेको छ । थप म्यानपावर पठाउँदै छौँ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ । तीन प्रदेशकै सरकारसँग समन्वय गरेर काम गरिरहेका छाँै । राहत व्यवस्थापन कोषबाट ५÷५ करोड तत्काल पठाउने निर्णय भएको छ ।

राहतका काम एकद्वारा प्रणालीबाट पठाउने निर्णय गरेका छौँ । भूकम्पका कारण केही सडक अवरुद्ध भएको छ, त्यसलाई खुलाउन सडक विभागले आज नै सम्पूर्ण सडक खुलाउनेछ । आजको आवश्यकताअनुसार हेरेर आजको सामग्री खानेकुरा, कम्बलहरु लैजान निर्देशन दिइएको छ । विदेशी देशले पनि सहयोगको लागि तयार भएको बताएको छ ।’

उहाँले आजको आवश्यकताअनुसार हेरेर राहत सामग्री थप पठाइएको र सुरक्षा दल पनि पठाइएको बताउनु भयो ।